site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहबाट बाहिरिँदै रविले भने– म कुनै देशको नागरिक रहिन, रास्वपाको अध्यक्ष पनि होइन
Tiktok banner adTiktok banner ad

काठमाडौं । रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए ।

"सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन," उनले भने ।

लामिछानेले सर्वो्च्च अदालतको फैसलको स्वागत र पालना गर्ने बताएका छन् । 

सर्वोच्च अदालतले नागरिकता अवैध रहेको फैसला गरेपछि सञ्चारकर्मीहरुसँग प्रतिकृया दिँदै उनले अदालतको फैसलाको स्वागत गर्ने र स्वीकार गर्ने बताए ।

रवि लामिछानेले अब नागरिकता कसरी लिने ?

सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ ।

उनले अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पुरानै नागरिकताअनुसार कामकारवाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरिदिएको छ ।
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जिल्ला प्रशासन कार्यालयमा पुनः नागरिकता गरीपाउँ भनी निवेदन दिएर नयाँ नागरिकता लिनुपर्ने बताए ।

“अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जानुपर्छ,” उनले भने, “अहिले नागरिकता लिँदा विवरण पुरानै आउँछ तर जारी मितिमात्रै अहिले पछिल्लो आउँछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro