site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्णालीका सभामुखले गुरुङले गरिन् पार्टी सदस्यता परित्याग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

कर्णाली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन् । सत्ता गठबन्धन दल नेकपा एमालेबाट गुरुङ यही माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन् ।

उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएकी हुन् । जारी विज्ञप्तिमार्फत सभामुख गुरुङले भनेकी छन्, “सभामुख पदका हिसाबले साझा भूमिकामा रहनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै म आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आबद्धताबाट अलग भएको घोषणा गर्दछु ।”

सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरेकी छन् । सभामुख गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । हाल उनी वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत निवासी हुन् । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC