site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रेमप्रसाद आचार्यको शव परिवारले बुझे, पोस्टमार्टमका लागि लगिँदै 

काठमाडौं । आत्मदाहको प्रयास गरी उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएका प्रेमप्रसाद आचार्यको शव आफन्तले बुझेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आचार्यले उठाएका मुद्दालाई राज्यले गम्भीर रूपमा लिने र आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिने आश्वासन दिएसँगै आफन्तले शव बुझेका हुन् ।

आचार्यले ‘सुसाइड नोट’मा उल्लेख गरेका २५ बुँदालाई मागका रूपमा आउँदा दिनमा सरकारसमक्ष पेस गरिने उनका आफन्त छविलाल पौडेलले बताए । उनका अनुसार अब आचार्यको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिँदै छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इलामका ३६ वर्षीय आचार्यले मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए । त्यहाँबाट उद्धार गरी प्रहरीले उनलाई कीर्तिपुर बर्न अस्पतालमा पुर्‍याएको थियो । उनको उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

327333432_1243242746617895_2104725085671102157_n1674639211.jpg

327377690_8623011337771602_6555264988659587659_n1674639211.jpg

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्