
सान फ्रान्सिस्को । अमेरिकामा मंगलबार पनि अर्काे गोलीकाण्ड भएको छ । यहाँका एकजनाले गोली हानेर तीनजनाको हत्या गरेको समाचारमा जनाइएको छ ।
एक पसलमा गोली हानेर ती व्यक्तिले तीनजनाको हत्या गरेको समाचारमा जनाइएको छ । अमेरिकाको वासिङटन राज्याको याकिमामा रहेको सो पसलमा एकजना व्यक्तिले गोली प्रहार गरेका थिए ।
गोली प्रहार गर्नुअघि सो पसलमा कुनै पनि विवाद नदेखिएको तर अकस्मात गोली हानेर पसलमा रहेका तीनजनाको हत्या गरेको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको प्रहरीले बताएको छ । पसलमा आएका व्यक्ति यसो यताउता गरेको र पछि आफ्नो साथमा रहेको गोली झिकेर अकस्मात प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गरेपछि सो व्यक्ति कार चलाएर गएको प्रहरीको भनाइ छ । केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै अर्काे एक गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो । रासस/सिन्ह्वा