site stats
देश
प्रहरीको चेतावनी– बोतल, जर्किनमा पेट्रोलियम पदार्थ बेचे कारबाही
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रहरीले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा संवेदनशील हुन आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै बोतल, जर्किनलगायत भाँडोमा पेट्रोलियम पदार्थ नबेच्न आग्रह गरेको हो ।

पछिल्लो समयमा काठमाडौंका केही पेट्रोल पम्पहरूबाट खुला रूपमा बोतल, जर्किनलगायत भाँडोमा पेट्रोलियम पदार्थ बेचिएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको परिसरले जनाएको छ ।

NMB Bank
Dabur nepal
Agani Group

पेट्रोल पम्पबाट सवारीसाधनमा सिधै भर्नेबाहेक खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री–वितरण नगर्न/नगराउन प्रहरीले पम्प सञ्चालकहरूलाई सूचित गरेको छ ।

अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भन्डारण गर्दा आगलागी हुने र मानवीय एवं भौतिक क्षति समेत हुन सक्ने प्रहरीले जनाएको छ ।

Global bank

त्यसरी खुला रूपमा पेट्रोलियम पदार्थ बेचेको पाइए हदैसम्मको कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ । “...सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री–वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हदैसम्मको कानुनी कारबाही हुने व्यहोरा समेत सम्पूर्णमा जानकारी गरिएको छ,” सूचनमा उल्लेख छ ।

326321086_1366199737470215_1252548550224880661_n1674621370.jpg

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय