site stats
कला
‘पठान’ आजबाट हलमा, अधिकांश शो फिलिङ फाष्टमा 

काठमाडौं । हिन्दी कथानक चलचित्र ‘पठान’ आजबाट रिलिज भएको छ । शाहरुख खानको कमब्याक मुभीका रूपमा हेरिएको यो चलचित्रले नेपालको इतिहासमै सबैभन्दा धेरै शो पाएको छ । 

‘पठान’ले नेपालमा रिलिज अगावै नयाँ रेकर्ड कायम गरेको छ । 

NMB Bank
Dabur nepal
Agani Group

यो सिनेमाले क्यूएफएक्समा मात्रै आज बिहानसम्म ११२ शो पाएको छ । यो क्यूएफएक्सले आजसम्म सिनेमालाई उपलब्ध गराएको सबैभन्दा धेरै शो हाे । 

‘पठान’ले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा पनि नयाँ रेकर्ड बनाएको छ । ११२ शो पाएर रेकर्ड ब्रेक गरेको छ । यसअघि ‘केजिएफ च्याप्टर–२’ले सुरुआती शो ९३ पाएको थियो ।

Global bank

प्रतिस्पर्धा गर्ने अन्य चलचित्र नहुँदा पनि ‘पठान’लाई फाइदा पुगेको छ । 

शाहरुखको बहुप्रतिक्षित चलचित्र ‘पठान’ले नेपाली हलमा रिलिज अगाडि नै शो को रेकर्ड कायम गर्दा बक्स अफिस कलेक्सनमा पनि रेकर्ड बनाउने धेरैको अनुमान छ । 

मल्टिप्लेक्समा अग्रिम बुकिङ पनि राम्रो देखिएको छ । आजका अधिकांश शो फिलिङ फाष्टमा गएका छन् । फिलिङ फाष्टमा नगएका शोमा पनि राम्रो बुकिङ देखिएको छ । काठमाडौं बाहिरका मल्टिप्लेक्समा पनि शो सँगै बुकिङ राम्रो देखिएको छ । 

शाहरुख चार वर्ष पछि एक्सन थ्रिलर ‘पठान’ लिएर हलमा देखिन लागेका हुन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘पठान’मा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, सिद्धार्थ आनन्दलगायत कलाकारको अभिनय छ । चलचित्रमा सलमान खानलाई पनि केमियो भूमिकामा देख्न सकिनेछ ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय