site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
स्विडेनमा कुरान जलाइएपछि टर्कीका राष्ट्रपति एर्दोगान आक्रोशित
Sarbottam CementSarbottam Cement

हेलसिन्की । फिनल्यान्डका विदेशमन्त्री पेक्का हाभिस्टाले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा प्रवेश गर्नेबारे फिनल्यान्ड र स्विडेनको टर्कीसँगको वार्तामा बिरामको पनि आवश्यकता रहेको बताएका छन् । 

पछिल्ला दिनहरूमा स्विडनमा मुस्लिमहरूको पवित्र धामिक ग्रन्थ कुरान जलाउनेदेखि शृङ्खलाबद्ध रूपमा भइरहेका विवादास्पद प्रदर्शनका कारण टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगान आक्रोशित भएका छन् । टर्की नेटोको पहिलेदेखि नै सदस्य भएकाले त्यसले फिनल्यान्ड र स्विडेनको नेटो प्रवेशका लागि दिइने आवेदन रोक्न सक्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हाभिस्टाले विरोध प्रदर्शनले स्पष्ट रूपमा वार्ताको प्रगतिमा अवरोध सिर्जना गरेको बताएका छन् । 

टर्कीले भनेको छ, “स्विडेनी सरकारको डानिस फार–राइट स्ट्राम कुर्स (कट्टरपन्थी) पार्टीका राजनीतिज्ञ रास्मस पालुदानलाई सार्वजनिक स्थलमा कुरान जलाउनबाट नरोक्ने निर्णय पूर्ण रूपमा अस्वीकार्य छ ।"

Global Ime bank

विभिन्न विषयलाई लिएर टर्की र फिनल्यान्ड तथा स्विडेनबिचको वार्ता ठप्प हुने गरेको छ । टर्कीले ती दुवै मुलुकले आफूले आतंककारीको रूपमा हेरिएकाहरूलाई सुपुर्दगी गर्नुपर्ने र भेटवार्ता आगामी मेको मध्यसम्म अर्थात् टर्कीको चुनाव नसकिएसम्म थाती राख्नुपर्ने जस्ता थुप्रै विषयहरू अघि सारको छ । 

हाभिस्टाले दुवै मुलुकले सँगै नेटो प्रेवेश गरे हुने तथा वार्ताका लागि हतार गरिरहनुनपर्ने पनि बताएका छन् । दशकौँदेखि असंलग्न नीतिमा अडिग रहेका फिनल्यान्ड र स्विडेन रुसले युक्रेनमाथि आक्रमण गरेपछि नेटो प्रवेशका लागि अघि सरेका हुन् । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC