site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाली बक्सरहरू विजय बाटा र त्रिशा जवेगु सेमिफाइनलमा पराजित 

काठमाडौं । नेपाली बक्सर विजय बाटा र त्रिशा जवेगु थाइल्यान्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएका छन् ।

महिलातर्फ ७५ केजी ताैल समूहमा त्रिशा जवेगु काजिकिस्तानी एरजन गुल्सायसँग जनवरी २२ तारिखमा अंककाे आधारमा र पुरुष ८६ केजी ताैल समूहका नेपाली मुक्केबाज विजय बाटा जनवरी २३ मा इन्डाेनेसियन मुक्केबाज माेसकिता माईकलसँग सेमिफाइनल खेलमा आरएसीकाे आधारमा पराजित भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

४८ किलो तौल समूहमा भएको सेमिफाइनल खेलमा मंगोलियाका प्रतिद्वन्दी बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउन्डमा रेफ्री स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै नेपाली मुक्केबाज सुस्मा तामाङ फाइनल प्रवेश गरेकी छन् ।

तामाङले क्वाटर फाईनलमा भेतनामकी क्युनहानलाई ५:० अंककाे आधारमा जित हासिल गरेकी थिइन् । 

नेपालले एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा तीन कास्यपदक जितिसकेकाे छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १९:५२
प्रतिक्रिया दिनुहोस्