site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ईसेवाले ल्यायो सात घण्टे अफर

काठमाडौं ।  ‘ईसेवा’ १४ वर्ष पूरा गरेर १५ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ देखि सेवा सुरु गरेको इसेवाले १४ वर्ष पार गरेको हो ।

मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै इसेवाले डिजिटल अर्थतन्त्र निर्माणमा थप सेवा सुविधा ल्याउने प्रतिबद्धतासमेत जनाएको छ ।

पत्रकार सम्मेलनमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले भने, “हामी जहिले पनि हाम्रा प्रयोगकर्ताको दैनिकी कसरी सहज बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरेका छौँ । आगामी दिनमा पनि अहिले भइरहेका सेवालाई थप परिस्कृत गर्दै वित्तीय सेवालाई सहज बनाइ डिजिटल अर्थतन्त्रलाई बलियो बनाउँदै लैजानेछौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा इसेवाका प्रमुख म्यानेजर आशिष गौतमले इसेवाले बुधबार भएको आफ्नो वार्षिक उत्सवमा सार्वजनिक गरेका अफरहरूका विषयमा जानकारी गराएका थिए ।

१४ औँ वार्षिक उत्सवको अवसरमा इसेवाले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कारोबारमा विभिन्न अफरहरू सार्बजनिक गरेको छ । जसमा बिहान ९ बजेदेखि १० बजेको अवधिमा आफ्नो बैंक एकाउन्ट इसेवामा लिंक गरेमा रू १४० क्यास पाइनेछ ।

यसैगरी बिहान १० देखि ११ बजेसम्मलाई डाइमन्ड अफर सञ्चालन हुनेछ । जसमा एक रिवार्ड पोइन्टसहित सातजना भाग्यशाली विजेताले हिरा उपहार पाउनेछन् । यसैगरी ११ देखि १२ बजेसम्म मुभी आवर सञ्चालन हुनेछ । यो अवधिमा मुभी टिकट खरिद गर्दा २०० रिवार्ड पोइन्ट प्राप्त गर्न सकिनेछ । 

त्यस्तै, १२ बजेसम्म होटल बुक अफर सञ्चालन हुनेछ । यो अवधिमा होटल बुक गर्दा विभिन्न होटलमा कोठाहरु निःशुल्क प्राप्त गर्न सकिनेछ । १ देखि २ बजेसम्म भौचर मेला आवर सञ्चालन हुनेछ । जसमा विभिन्न किसिमका डिस्काउन्ट भौचर प्राप्त गर्न सकिनेछ । 

यसैगरी २ बजेदेखि ३ बजेसम्म क्यासब्याक अफर सञ्चालन हुनेछ । यसअवधिमा मोबाइल टपअप, एयरलाइन्स् टिकट, इन्टरनेट टीभीको बिल भुक्तानी, विद्युत् महशुल भुक्तानीमा १४ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । 

साथै, ३ देखि ४ बजेसम्म मेरोसेयर अफर सञ्चालन हुनेछ । यो अवधिमा रु ५० सम्मको शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १९:४३
प्रतिक्रिया दिनुहोस्