site stats
अर्थ व्यवसाय
खेल मैदानमा हेलिकोप्टर अवतरण गर्ने पाइलटलाई उडानमा रोक
फाइल तस्बिर।

काठमाडौं । माघ ५ गते स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकोप्टर अवतरण गर्ने प्रभु हेलिकोप्टरका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले उडान गर्न रोक लगाएको छ । 

मैदानमा खेल भइरहेको अवस्थामा हेलिकोप्टर अवतरण गराएकोले उनलाई उडान गर्न रोक लगाइएको हो ।

NMB Bank
Dabur nepal
Agani Group

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार डंगोलले खेल हुँदै गरेका स्थानमा बिनाअनुमति हेलिकोप्टर अवतरण गराएकाले उडानमा रोक लगाइएको हो । 

“प्रारम्भिक अध्ययनको क्रममा पाइलटले अनुमतिबिना नै हेलिकोप्टर अवतरण गरेको देखिएकाले हामीले कम्पनीलाई त्यो घटनामा संलग्न पाइलटलाई उडानमा प्रतिबन्ध गर्न लगाएका हौं । कति समयका लागि हो, त्यो निश्चित छैन,” उनले भने, “हामी पाइलटसँग सोधपुछ र छानबिन गरेर के गर्ने भन्नेबारे निष्कर्षमा पुग्छौँ ।”

Global bank

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय