site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डमा यसपटक केही गर्नुपर्छ भन्ने छ, शान्ति प्रक्रियाले पूर्णता पाउँछ : गजुरेल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्रीको वर्तमान कार्यकालमा शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री प्रचण्डले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँडेको र शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गजुरेलले आफूले आफ्नो ठाउँबाट अहिले प्राप्त गरेको जिम्मेवारीलाई इमानदारीता र निष्ठापूर्वक आफ्नो क्षमताअनुसार काम गर्ने पनि प्रतिवद्धता जनाए । 

उनले विगतमा आफू नौ महिना कृषिमन्त्री भएको बेला नाकाबन्दीको अवस्थामा पनि मलको अभाव हुन नदिएको स्मरण गरे ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्