site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जनकपुर मा डिशहोम फाईवरनेटको वितरण सोरुमको  उद्घाटन

जनकपुर । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले जनकपुरमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ ।


सोरुम उद्घाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहको उपस्थितिमा सम्पन्न भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइज ले अब डिशहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ। 

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू लक्ष्मी इन्टरप्राइज अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागि पनि यस नया सोरुमले मद्दत गर्ने जनकपुरका संचालक सुनिल महतोले जानकारी दिए ।


    
 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्