site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सैन्य कारबाहीमा ३९ जना विद्रोही मारिए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मोगादिसु । सोमालियाको राष्ट्रिय सेनाले विद्रोही समूह अलशबाबविरुद्ध गरेको कारबाहीमा ३९ जना विद्रोही मारिएका छन् । सेनाले देशको मध्यभागमा अवस्थित शहर हारार्देरे नजिक गरिएको कारबाहीमा ती विद्रोही मारिएका बताएको छ । 

सोमालियाका अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा क्रियाशील सेनाले युद्ध क्षेत्रबाट भाग्ने क्रममा यात्रीबाहक एउटा बसमा आगजनी गर्ने लडाकुलाई पनि मारेको राज्य सञ्चालित रेडियो मोगादिसुले जनाएको छ । 

राष्ट्रिय सेनाले विद्रोहीविरुद्धको कारबाहीमा उल्लेखनीय प्रगति हासिल गरेको सैनिक कमाण्डर मोहम्मद तहलिललाई उद्धृत गर्दै उक्त रेडियो समाचारमा उल्लेख गरिएको छ । राजधानी मुगादिसुमा आतङ्वादी समूहले गरेको घातक हमलाको एकदिन पछि सेनाले उक्त कारबाही गरेको हो । रासस /सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्