site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्रष्टा समाजले गर्‍यो दुई सम्मानको घोषणा

काठमाडौं । नेपाल स्रष्टा समाजले दुई सम्मानको घोषणा गरेको छ । २०७९ सालको ‘सुभद्रा विश्वराज स्रष्टा सम्मान’ कवि श्रीहरि फुयाँललाई र ‘रमेशगङ्गा स्रष्टा सम्मान’ हास्यव्यंग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने समाजले जनाएको छ ।

दुवै सम्मानका साथ नगद राशि २१ हजार १११ रुपैयाँ प्रदान गरिनेछ । समाजको हालैको बैठकले सो निर्णय गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कवि तथा समाजका पूर्वअध्यक्ष विधान आचार्यले आफ्ना मातापिताका नाममा स्थापना गरेको ‘सुभद्रा विश्वराज स्रष्टा सम्मान’बाट यसअघि कवि रमेशचन्द्र देवकोटा, नारायणदत्त शास्त्री, घनश्याम कँडेल, रमेश खकुरेल र भुवनहरि सिग्देल सम्मानित भइसकेका छन् ।

वाग्मती प्रदेशका सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटालगायत व्यक्तिले स्थापना गरेको ‘रमेशगङ्गा स्रष्टा सम्मान’बाट यसअघि साहित्यकारहरू जनार्दनशरण त्रिपाठी र प्रा. डा. वासुदेव त्रिपाठी सम्मानित भइसकेको समाजले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्