site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
प्रदर्शन अगावै नेपालमा ‘पठान’को नयाँ रेकर्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिन्दी कथानक चलचित्र ‘पठान’ले नेपालमा रिलिज अगावै नयाँ रेकर्ड कायम गरेको छ । शाहरुख खानको कमब्याक मुभीका रूपमा हेरिएको यो चलचित्रले नेपालको इतिहासमै सबैभन्दा धेरै शो पाएको छ । चलचित्र भोलिबाट प्रदर्शनमा आउनेछ । 

यो सिनेमाले क्यूएफएक्समा मात्रै मंगलबार मध्याह्न १२ बजेसम्म क्यूएफएक्स १०६ शो पाएको छ । वान सिनेमा २५, एफक्यूब १६ शो पाएको चलचित्रले अल नेपाल मल्टिप्लेक्समा २४२ शो पाएको छ । यसअघि ‘कबड्डी–४’ले २१३ शो पाएको थियो । ‘कबड्डी–४’ले बनाएको रेकर्डलाई उछिन्दै ‘पठान’ले २४२ शो पाएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

‘पठान’ले नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा पनि नयाँ रेकर्ड बनाएको छ । १०६ शो पाएर रेकर्ड ब्रेक गरेको छ । यसअघि ‘केजिएफ च्याप्टर–२’ले सुरुआती शो ९३ पाएको थियो ।

प्रतिस्पर्धा गर्ने अन्य चलचित्र नहुँदा पनि ‘पठान’लाई फाइदा पुगेको छ । 

Global Ime bank

शाहरुखको बहुप्रतिक्षित चलचित्र ‘पठान’ले नेपाली हलमा रिलिज अगाडि नै शो को रेकर्ड कायम गर्दा बक्स अफिस कलेक्सनमा पनि रेकर्ड बनाउने धेरैको अनुमान छ । 

मल्टिप्लेक्समा अग्रिम बुकिङ पनि राम्रो देखिएको छ । थुप्रै शो फिलिङ फाष्टमा गएका छन् । फिलिङ फाष्टमा नगएका शोमा पनि राम्रो बुकिङ देखिएको छ । काठमाडौं बाहिरका मल्टिप्लेक्समा पनि शो सँगै बुकिङ राम्रो देखिएको छ । 

शाहरुख चार वर्ष पछि एक्सन थ्रिलर ‘पठान’ लिएर हलमा देखिन लागेका हुन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘पठान’मा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, सिद्धार्थ आनन्दलगायत कलाकारको अभिनय छ । चलचित्रमा सलमान खानलाई पनि केमियो भूमिकामा देख्न सकिनेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC