site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेबाहेकको ‘वाम एकता’ प्रति ओलीको चासो ! माधव नेपालसँग एकता भए सरकारको बाटो कठिन 
तस्बिर : ओलीको सचिवालय
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच एकताको प्रक्रिया चलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले चासो राखेका छन् । 

नेकपा एस र जसपाले वार्ता समिति बनाएर एकअर्काका दस्तावेज आदानप्रदान गरिसकेका छन् । 

शीर्ष तहमा वार्ता गरेर कार्यदललाई काम दिएपछि भए एकता नभए मोर्चाको अभ्यास सुरु गर्ने समझदारी दुई पार्टीबीच भइसकेको छ । त्यसलाई लिएर नेकपा एमालेका अध्यक्ष ओलीले भने विमति राखेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गत शनिबार ओली निवास बालकोटमा भेटवार्ताका लागि पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई ओलीले नेकपा एकीकृत समाजवादीसँगको एकता बहसकै कारण सरकारमा लैजान कठिन भएको जानकारी गराएका थिए ।
 
“हामी दुई पार्टीको वार्ता टोलीले पनि त्यही दिन वार्ता गरिरहेका थियो । गत शनिबारको भेटमा एमाले अध्यक्ष ओलीले नेकपा एससँगको एकता वार्ताले सरकारमा लैजाने कुरामा जटिलता सिर्जना गरेको भन्नुभएछ,” जसपाका एक नेताले बाह्रखरीसँग भने, “तर, हाम्रो अध्यक्षले भने पाँचमध्ये एक राजकीय पद दिने भए सरकारमा आउँछौं नत्र आउँदैनौं भन्ने जवाफ दिनुभएछ ।” 

त्यसपछि ओलीले संवाद जारी राख्ने भन्दै वार्ता टुंग्याएको जानकारी दिए । अध्यक्ष यादव भने धेरै अघिको भेटको विषयमा के बोल्ने भन्दै पन्सिए । 

Global Ime bank

नेकपा एस नेकपा एमालेबाटै फुटेर बनेको दल भएकाले ओलीले सामान्य चासो राखेको भन्दै भेटमा सरकारकै विषयमा छलफल भएको सुनाए ।
 
“हामीबीच मुलतः सरकार निर्माणमा जसपाको सहभागिताकै विषयमा कुराकानी भयो,” यादवले भने, “अन्य राजनीतिक विषयमा समान्य चासो र कुराकानी मात्रै भएको हो ।” 

त्यसो भए सरकारमा कहिले जानु हुन्छ भन्ने प्रश्नमा यादवले ठ्याक्कै जवाफ दिन सकिने अवस्था नरहेको बताए ।
 
“हामीले सरकारलाई समर्थन दिएका छौँ । तर, सरकारमा सहभागी भएका छैनौँ,” यादवले बाह्रखरीसँग भने, “अहिलेसम्म हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका पनि छैनौँ ।” 

उनले सरकारमा सहभागी हुने वा समर्थन फिर्ता लिने भन्ने निर्णयमा पुग्न जसपालाई अझै केही समय लाग्ने संकेत गरे । 

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय टोली र जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वको वार्ता टोलीबीच विभिन्न चरणमा वार्ता गरेर दस्तावेज साटासाट भएको छ । अब उनीहरू दस्तावेज अध्ययन गरेर पुनः वार्ताको तयारीमा छन् ।
 
“हामीले दस्तावेज आदानप्रदान गरेका छौँ । दस्तावेज हेरिसकेपछि हामीबीच के–के कुरामा समानता छ र के–के कुरामा भिन्नता छ भन्ने स्पष्ट हुन्छ,” जसपाका एक नेताले भने, “समानता भएका विषयहरू एकताका लागि सहयोगी नै हुने भए । भिन्नताका विषयमा कसरी समानता ल्याउन सकिन्छ भनेर वार्ता हुन्छ ।” 

उनका अनुसार भिन्नताका विषयमा केही चरणका वार्तापछि साँघुरो पारेर कुनै कुरा नमिले समाधानका लागि शीर्ष नेताहरूलाई नै हस्तान्रण गर्ने दुवैतर्फका वार्ता टोलीको तयारी छ ।

दुवैतर्फ दस्तावेज आदानप्रदान पछि नेकपा एसले डा. विजय पौडेल र जसपाले गोविन्द चौधरीलाई नमिलेका विषयमा समझदारी निर्माण गर्ने र सूचना अदानप्रदानको जिम्मा दिएको छ । नेकपा एसका नेता डा. विजय पौडेल दस्तावेज अदानप्रदान पछि दुई पार्टीबीचको सहकार्य भने सुरु हुने बताउँछन् । 

“हाम्राबीच दस्तावेज आदान प्रदान भएको छ । दस्तावेजका साझा विषय र फरक विषय छुट्टाएर फरक विषयहरुमा समझदारी नर्माण गर्ने र नेतृत्वलाई रिपोर्टिङ गर्ने जिम्मा नेकपा यसले मलाई र जसपाले गोविन्द चौधरीजीलाई दिएको छ,” डा. पौडेलले बाह्रखरीसँग भने, “अहिले तत्काल एकतासम्म नपुगे पनि हामीबीच सहकार्य सुरु हुन्छ ।” 

उनले जसपा सरकारमा गए सरकारबाट र सरकार बाहिरबाट गर्ने काम छुट्टाएर साझा कार्यक्रम बनाउने बताए । 

मोर्चामा काम सुरु गरेपछि एकताको वातावरण पनि बन्दै जाने उनको विश्वास छ । 

सहकार्यका लागि भूमि सुधारसहित केही मुद्दा पनि दुइ पार्टीले तय गरिसकेका छन् । तर, परिपक्व नभएको भन्दै सार्वजनिक भने नगर्ने उनीहरूबीच समझदारी छ ।

यसरी सुरु भएको थियो एकता वार्ता 

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका अध्यक्षबीच एकताको सन्दर्भ चुनावकै शिलशिलामा रौटहटमा भेटवार्ता भएको थियो । 

रौतहट नै घर भएका जसपाका कार्यकारीणी समितिका सदस्स्य गोविन्द चौधरीले दुई नेताको भेटवार्ता गराएका थिए । 

नेकपा एसका धेरैजसो नेतासँग राम्रै सम्बन्ध बनाएका चौधरीले  चुनावपछि अध्यक्ष उपेन्द्र यादवलाई माधव नेपाल र झलनाथ खनासँग भेट गराएका थिए । 

उनीहरूबीचको भेट सकारात्मक भएपछि नेताहरूकै समझदारी अनुसार दुवै पार्टीले वार्ता समिति बनाएका हुन् । 

वार्ता टोलीले काम गरिहेकाले त्यसले पार्टी एकता वा मोर्चा बनाउने भन्ने निस्कर्ष निकाल्नेछ । 

जसपाका एक नेताका अनुसार अध्यक्ष ओलीसँग राष्ट्रपति चुनावका लागि उमेदवार तय नहुँदासम्म वार्ता हुने भन्दै त्यसवेला पनि सरकारकै विषयमा झैं बेवास्ता गरे वार्ता प्रक्रियाले नयाँ मोड लिने बताए । 

“हाम्रा तर्फबाट पाँचमध्ये एक राजकीय पद दाबी भएको छ । अहिलेसम्म एमालेले राष्ट्रपति, माओवादी केन्द्रले उपराष्ट्रपति लिने भन्ने समझदारी भएजस्तो देखिन्छ,” जसपाका ती नेताले भने, “अब उहाँहरू आफ्नो भाग सुरक्षित गर्न लाग्नुहुन्छ कि गठबन्धन सुरक्षित गर्न लाग्नुहुनेछ भनेर हामी हेर्दैछौँ ।” 

ती नेताका अनुसार ओलीको चासोका कारण नेकपा एससँगको एकता वार्ता भने प्रभावित नहुने बताए ।
 
“एमालेबाट फुटेर बनेको पार्टी हुँदा ओलीलाई चासो लाग्नु स्वाभाविक नै हो । तर, नेकपा एससँग वार्ता गर्नेहरू पनि ओलीका लागि मन नपर्ने पार्टी हुन् भने त हामीले पनि ओलीसँग वार्ता नगर्नुपर्ने हुन्छ,” ती नेताले भने, “मधेसी जनअधिकार फोरम फुटाउनेहरूसँग कतिपटक सहकार्य गरेँ भनेर ओलीजीले पनि सम्झनुपर्ने हुन्छ ।” 

एमाले अध्यक्ष ओलीको सचिवालयले भने नेकपा एससँगको एकताको विषय एमाले अध्यक्षको चासोको विषय नहुने भन्दै चासो राखेको विषयमा नै खण्डन गरेको छ । 

“भेट शनिबार भएको हो । तर, त्यस्ता विषयमा छलफल भएको छैन,” ओलीको सचिवालयका एक सदस्यले भने ।

उनले त्यस दिन जसपा सरकारमा आउने अथवा नआउनेसहित विषयमा मात्र कुराकानी भएको बताए । 

कहाँ हरायो माओवादी केन्द्र–नेकपा एस–जसपा एकताको बहस ? 

चुनाव घोषणा भएको करिव एक महिनामा माओवादी केन्द्र र नेकपा एससँगै जसपाको पनि एकताको बहस चलेको थियो ।

त्यसवेला तीनवटै पार्टीबीचमा एकता वा मोर्चा बनाएर चुनावमा जाने विषयमा टुंगो लगाउन वार्ता टोली नै बनेका थिए ।

तर, त्यसबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नै पछि हटेपछि वार्ता रोकिएको थियो । त्यो वार्ता पनि आइतबारबाट सुरु भएको छ । नेकपा एसको वार्ता टोली र माओवादी केन्द्रको वार्ता टोलीबीच आइतबार पुनः वार्ता गर्दै विगतेका स्प्रिटमै अघि बढ्ने समझदारी भएको छ ।
 
“हामीले विगतमा दस्तावेज आदानप्रदान गरेर एकताका लागि अधिकांश पूर्वाधार बनाइसकेपछि त्यसवेला वार्ता टुटेको थियो,” नेकपा एसका नेता डा. पौडेलले बाह्रखरीसँग भने, “त्यो वार्ता पुनः सुरु भएको छ । अब केही समयमा मोर्चा घोषणा वा एकता घोषणाबाट परिणाम तपाईंहरूले थाहा पाउनुहुनेछ ।” 

उनले तत्काल एकता सम्भव नभए पनि मोर्चा भने बन्न सक्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC