site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना निर्वाचित भएकी छन् ।

शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २६४ सांसद उपस्थित थिए । त्यसमध्ये रानाको पक्षमा १६६ मत खस्यो । विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेसका तर्फबाट सांसद मुक्ताकुमारी यादव उपसभामुखको उमेदवार बनेकी थिइन् । रानाको पक्षमा बहुमत पुगेपछि उनको प्रस्तावमा जानु परेन ।

रास्वपाकी सांसद रानालाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्तिसहित स्वतन्त्र सांसदले साथ दिएका थिए ।

Global Ime bank

यादवलाई कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाको साथ थियो ।

उपसभामुख चयन गर्दै शनिबारको प्रतिनिधिसभा बैठक टुंग्याइएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक यही माघ १० गते बस्ने तय गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC