site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
टेप रेकर्डरमा घरघरमा घन्किन्थे जो
Sarbottam CementSarbottam Cement

०५६ साल । कञ्चनपुरबाट बैतडीका लागि रात्रिबस छुट्यो । बसमा अरू यात्रीसँगै सवार थिइन्, ६० वर्षीया एक वृद्धा । डडेलधुराको सीमा क्षेत्र पुग्दा हिमपात भएछ । राजमार्ग अवरुद्ध भयो । बस बाटोमै रोकियो । सबै यात्री नजिकको होटेलतिर लागे ।

ती वृद्धा गाडीमै बसिन् । बस चालकले सोधेछन्– तपाईंको कोही मान्छे छैन ? वृद्धाले जवाफ दिँदै भनिन्– अघि बसमा तपाईंले बजाउनुभएको गीत गाउने मेरै छोरो हो ।

जवाफ सुनेपछि थाहा भयो, ती वृद्धा गायक तिलकसिंह पेलाका आमा रहिछन् । अनि, बसमा बजेको त्यो गीत थियो– लुकाउन खोज्दा पनि...।

Prabhu Bank
Agni Group
NIC Asia

पेलाको पहिलो एल्बम ‘आँसु’मा समावेश उक्त गीत ०५३ सालमा बजारमा ल्याएका थिए । त्यति बेला खुबै सुनिएको गीत थियो, यो । त्यसको तीन वर्ष अर्थात् ०५६ सम्म पनि त्यो गीत बजाइँदै थियो । पेलाका गीत गाउँघरका टेप रेकर्डरमा घन्किन्थ्यो । सुदूरपश्चिम क्षेत्रमा मात्र लगभग १५ हजारको हाराहारीमा ‘लुकाउन खोज्दा पनि...’ गीत समावेश क्यासेट बिक्री भएको बताइन्छ ।

सोही एल्बममा समेटिएको अर्को गीत ‘कहानी बनेन केही यस्तै हो मेरो जिन्दगी’ पनि हिट भयो । पेला त्यसलाई आफ्नो पहिलो गीतका रूपमा चिनाउँछन् ।

Global Ime bank

सुदूरपश्चिमका कलाकारले देउडाबाहेक अरू गीतमा छाप छोड्न सक्दैनन् भन्ने धेरैको बुझाइ थियो । त्यही बेला भएको थियो आधुनिक संगीतमा पेलाको इन्ट्री । प्रवेश मात्र गरेनन्, उनको नाम अढाई दशकअघि नै सुदूरपश्चिमबाट आधुनिक एल्बम निकाल्ने पहिलो कलाकारको सूचीमा दर्ज भयो । ०५३ सालमा बैतडीबाट भारतको बाटो हुँदै आधुनिक गीत रेकर्ड गराउन काठमाडौं पुगेका थिए । पहिलो एल्बमबाटै चर्चित भए ।

‘लुकाउन खोज्दा पनि...’ गाएको २२ वर्षपछि पेला फेरि स्टुडियोमा छिरे । सञ्जय जुग्जालीको गजल ‘हरेक दिन साँझ फर्केर आउँछ’ गाउन उनी म्युजिक नेपालको स्टुडियोमा पुगे थिए । २२ वर्षसम्म संगीतबाट टाढा भने थिएनन् । साधनामा व्यस्त थिए । पेलाले काठमाडौंमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला स्थापना गरी संगीत शिक्षाको ज्योति छरिरहे ।

बैतडीको दशरथचन्द नगरपालिका–६ मा जन्मिएका हुन्, पेला । काठमाडौंबाट संगीत प्रवीण र भारतको इलाहावादस्थित प्रयाग संगीत महाविद्यालयबाट उनले आचार्यको उपाधि प्राप्त गरेका छन् । जन्मथलो बैतडीमा हुने गरेका ‘रामलीला’ले आफूलाई सांगीतिक फाँटमा ल्याइपु¥याएको उनी सुनाउँछन् ।

पेला यति बेला पुनः चर्चाको शिखरमा छन्, ‘के लत बस्यो...’ का कारण । उनको गायकीको चौतर्फी तारिफ भइरहेको छ । लोक, पप, र्याप र आधुनिक गीतले वर्चस्व जमाइरहेका बेला गजल ‘भाइरल’ भएपछि पेला पनि खुसी छन् ।

“म धेरै मिडियामा आउने मान्छे त होइन,” उनले भने, “तर, यो गजलगीतले मलाई पनि निकै व्यस्त बनाइदिएको छ । यसलाई सफलता भन्ने वा नभन्ने म आफैँ अन्योलमा छु ।”

यो गजल कमल विष्ट (पेलाका शिष्य)को स्वरमा बजारमा ल्याउने उनको प्रस्ताव थियो । “तर, डाक्टर साप (गजलकार डा. प्रदीप मैनाली)ले मलाई नै गाउन आग्रह गर्नुभयो । मैले नकार्न सकिनँ,” पेलाले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC