site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोफसल टुरमा निस्किए जितु र साम्राज्ञी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘ह्यारी कि प्यारी’का कलाकार प्रचारमा निस्किएका छन् । प्रचारका क्रममा मोफसल टुरमा निस्किएको चलचित्रका मुख्य कलाकारको टिमले नेपालगंजदेखि टुरु सुरु गरेको छ । नेपालगंजमा अनौपचारिक कार्यक्रम गरेको टिमले चितवनबाट औपचारिक कार्यक्रम गरेको छ ।  

डा. कपिल रिजालले निर्देशन गरेको चलचित्रको टिम शनिबार बिहान पर्यटकीय नगरी चितवन पुगेको थियो । चितवनमा दिउँसो १२ बजेदेखि निर्माण टिम प्रचारका विभिन्न माध्यमसँग जोडिनेछ । नेपालगंज र चितवनमा भएका महोत्सवम जितुले दर्शकलाई हँसाएका थिए । 

मोफसल टुरमा चितवनपछि पर्सा, पोखरा, बेनी, बुटवल, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक हुँदै विर्तामोडमा पुगेर टुंगिनेछ ।

Agni Group

यी सहरहरुमा निर्माण टिमले महोत्सवसँगै विभिन्न क्याम्पस, मल र मिडियासँग अन्तरक्रिया गर्नेछ ।

मोफसल टुरमा निर्देशक रिजालसँगै जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकार छन् । 

Global Ime bank

टुरमा गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेल पनि सहभागी छन् ।

विर्तामोडपछि राजधानी फर्किएर टिमले काठमाडौं उपत्यकामा बिभिन्न कार्यक्रम र मिडिया अन्तरक्रिया गर्ने निर्माण पक्षले जनाएको छ । 

माघ २० देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा जितु र साम्राज्ञी शीर्ष भूमिकामा छन् ।

चलचित्रमा सम्झौताको विवाहले जीवनमा नित्याउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

निर्देशक रिजालकै कथा रहेको चलचित्रमा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ०७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC