site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

आफूलाई वैकल्पिक भन्ने नयाँ राजनीतिक दलका नेताको संस्कार पनि पुराना दलका नेताभन्दा खासै फरक भएन । विशेषगरी सत्तामा पुग्न र राज्यको ढुकुटी दोहन गर्न नयाँ पनि पुरानाजत्तिकै लोभी देखिए ।

मन्त्रिपरिषद्को तेस्रो उपप्रधानमन्त्री बन्नु वा लामो समय मन्त्रालय नपाउने अवस्थामा पनि विनाविभागीय मन्त्री पनि भइरहनु पुरातनपन्थी सोच र संस्कार दृष्टान्त हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र जनमत पार्टीका नेताहरूले पदमा मामिलामा पनि नयाँ मानसिकता देखाउन सकेनन् ।

रास्वपाका सभापतिको नामको ‘फाउन्डेसन’को रिन तिर्न राज्यको ढुकुटीबाट सरकारले ४ करोड रूपियाँ निकासा गरेको समाचार सार्वजनिक भएको छ । कालिकोट जिल्लाको रास्कोटमा निर्माण गरिएको सामुदायिक अस्पतालको भवन बनाउँदा ऋण लागेको भन्दै तिर्नका लागि फाउन्डेसनले सरकारसँग अनुदान  मागेपछि उक्त रकम निकासा भएको थियो ।


समाचारअनुसार फाउण्डेसनले अनुदान मागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थमन्त्रालयमा निकासा मागेको र अर्थ मन्त्रालयले उक्त रकम सम्बन्धित नगरपालिकामा पठाउने निर्णय गरेको छ । अर्थात्, ‘रवि लामिछाने फाउन्डेसन’लाई लागेको ऋण राज्यले तिर्ने भयो । 

सत्तामा पुगेका बेला प्रभावशाली राजनीतिक नेताहरूले आफ्नो, आफ्ना नेता वा  आफन्तका नाममा रहेका संस्थालाई विभिन्न नाममा राज्यको ढुकुटीबाट रकम दोहन गर्ने गरेका छन् । यो फाउन्डेसन पनि राज्यको ढुकुटी दोहन गर्ने ऐजेरुमध्ये एउटा हुन पुगेको देखियो ।

Global Ime bank

मौका पाउनेबित्तिकै राज्यको दोहन गर्ने प्रवृत्ति नौलो होइन । यसैले ‘रवि लामिछाने फाउन्डेसन’ले पनि दोहन गरेकोमा आश्चर्य मान्नु पर्दैन । राज्यको ढुकुटी दोहन गर्ने परम्परा बन्द हुनुपर्नेमा निरन्तरता दिन नयाँ दलका नेता पनि अग्रसर हुनु भने चिन्ताको विषय हो ।

विभिन्न व्यक्ति वा संस्थाका नाममा राज्यको ढुकुटीबाट रकम भागबन्डा गर्ने परम्परा वस्तुतः राणा वा शाहहरूले दिने ‘बक्सिस’ र ‘बिर्ता’ कै निरन्तरता हो । सामन्ती शासकहरू राज्यको सम्पत्तिलाई निजी ठान्थे र मनपरी बाँड्ने गर्थे ।

लोकतान्त्रिक गणतन्त्रमा पनि सत्तामा पुग्नेहरूले आफूलाई राज्यको मालिक ठान्नु समान्ती मानसिकतामा रमाउनु नै हो । यसैले देशमा लोकतान्त्रिक संस्कृतिले जरा गाडोस् भन्ने चाहने हो भने यस्तो सामन्ती अभ्यास रोकिनुपर्छ । 

राज्यको ढुकुटी दोहन गर्नु पौरख नभएर अपराध हो । नयाँ दलका नेताले पनि त्यही अपराधलाई निरन्तरता दिएको देखिनु देशको दुर्भाग्य नै हो । के यस्तो दुरावस्था निरन्तर रहिरहने हो?

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu