site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भूगोलले सम्झियो लेखनाथ, सम र भूपीलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । साहित्यिक संस्था भूगोल साहित्य समाजले पुस महिनामा जन्मिएका तीन प्रसिद्ध साहित्यकारहरू कविशिरोमणि लेखनाथ पौड्याल, नाटककार बालकृष्ण सम र कवि भूपी शेरचनको सम्झना गर्दै परिचर्चा कार्यक्रम ‘शब्दहार’ सम्पन्न गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न सर्जकहरू तीन स्रष्टाका विषयमा चर्चा परिचर्चा गरे । कार्यक्रममा साहित्यकार युवराज मैनालीले नाट्यकार बालकृष्ण समका बारेमा बोले । मैनालीले नाट्यकार सम आफ्ना कृतिहरूमा सधैँ बाँचीरहने बताउँदै समका रचना बुझ्नु समुद्रमा मोती खोज्नु सरह भएको उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यकार वासुदेव गुरागाईंले कविशिरोमणि लेखनाथ पौड्यालका विषयमा विभिन्न जानकारी दिए । उनले कविशिरोमणिको ‘पिँजडाबाट छुटेको सुगा’ कविता पनि वाचन गरे ।

कवि भूपी शेरचनका विषयमा साहित्यकार ममता मृदुलले बोल्दै भूपीका केही कविताहरू वाचन गरिन् ।

Global Ime bank

सोही अवसरमा साहित्यकार कलानिधि दाहालले तीनै सर्जकहरूका विषयमा बोल्दै समको दार्शनिकता, पौड्यालको परिष्कारवादी धारा र शेरचनका कवितामा रहेको विद्रोही चेतका विषयमा चर्चा गरे ।

डा. टंकप्रसाद पन्तले तीनै साहित्यकारका एक÷एक कविता वाचन गरे । कार्यक्रममा रामबहादुर पहाडी, विनोद नेपाल, नवराज पुडासैनी ज्योत्सना, दिनेशविक्रम थापा, शैलेन्द्र शाहलगायतले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC