साहित्य
स्रष्टाहरूबीच समकालीन निबन्धमाथि विमर्श


काठमाडौं । स्रष्टाहरूको संस्था आह्वानले नियमित कार्यक्रम अन्तर्गत ‘समकालीन निबन्धमाथि विमर्श’ सम्पन्न गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित समकालीन निबन्धमाथि विमर्शमा समालोचक प्रा.डा. ज्ञानु पाण्डे, साहित्यकारहरू रञ्जना निरौला र मुकुन्दराज शर्माकाबीच छलफल भएको छ ।
विमर्शमा समकालीन निबन्ध, निबन्धमा समावेसीकरण, ‘आत्मपरक निबन्ध र निबन्धकारको अवस्था’, नारी निबन्धकार, निबन्ध र नियात्रा विषयहरूमाथि खुलेर छलफल भयो । छलफलको सहजीकरण समालोचक कुमारी लामाले गरेकी थिइन् ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ १४:४९
प्रतिक्रिया दिनुहोस्