site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एकीकृत समाजवादी : प्रस्ताव नै नआई सरकारमा जान तँछाडमछाड !
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्ता समीकरण फेरिएपछि अन्योलमा रहेको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक दुई दिनसम्म चल्यो । पार्टीका उपमहासचिव तथा कार्यालय सचिव गंगालाल तुलाधरका अनुसार आइतबार सम्पन्न बैठकमा मुख्यतः पाँचवटा विषयमा सुझाव मागिएको थियो । 

बैठकमा मागिएका पाँच सुझाव :

१) वर्तमान राष्ट्रिय परिस्थिति, 
२) सत्ता गठबन्धनप्रतिको नजर,
३) सरकारमा जाने कि नजाने ?, 
४) पार्टी एकीकरणबारे तपाईंको धारणा के छ ?,
५) पार्टी पुनर्गठनको महाभियानप्रति धारणा के छ ?

Agni Group

बैठकले विशेषगरी दुई विषय (वर्तमान सरकार जाने वा नजाने र एमालेसँगको पार्टी एकता)बारे निर्णय लिने दाबी नेताहरूले गरेका थिए । एमालेसँग तत्काल एकता नहुने निष्कर्ष निकालेको एकीकृत समाजवादीले सरकारमा जानेबारे ठोस निर्णय गरेको छैन । अझै 'पर्ख र हेरको नीति' नै अपनाइएको छ । 

“प्रचण्ड प्रधानमन्त्री बनेपछि हाम्रो सचिवालय बैठकले पर्ख र हेरको नीति नै लिएको थियो,” ती नेता बाह्रखरीसँग भन्छन्, “अहिले पनि हामीले त्यसलाई अलिक प्रस्ट पार्न त खोज्यौँ । तर, पर्ख र हेरको नीति मा नै रह्यौँ ।”

Global Ime bank

एकीकृत समाजवादीले भोलि पोलिटब्युरो कमिटी बैठक राखेको छ । बैठकपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गरिने उपमहासचिव तथा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । 

“पोलिटब्युरो बैठक भोलि छ । बैठकले सुझाव दिएपछि मात्रै थप धारणा बाहिर ल्याउने छौँ,” बैठकपछि उनले भने । 

सरकारमा नै नबोलाई जान तछाडमछाड !
एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बन्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एकीकृत समाजवादी)लाई निम्तो नै दिएनन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त प्रचण्डले प्रधानमन्त्री बन्न एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाँदा खबर नगरेको भने 'चित्त' नै दुखाए ।

प्रधानमन्त्री बनेपछि हात्तीवनस्थित एक आफन्तको घरमा भेटेर सरकारलाई समर्थन गर्न आग्रह गरे । त्यो वार्तामा सरकारमा सहभागी हुन प्रस्ताव गरेको नेताहरू स्वीकार गर्छन् । तर, एकीकृत समाजवादीले औपचारिक वा लिखित प्रस्ताव नआएको भन्दै त्यसबारे कुनै निर्णय लिएन ।

“सरकारमा सहभागी हुन भनेर गठबन्धनको तर्फबाट कुनै औपचारिक वा लिखित प्रस्ताव आएको छैन । प्रधानमन्त्रीले मौखिक प्रस्ताव त राख्नुभएको हो,” तुलाधरले बाह्रखरीसँग भने, “प्रस्ताव नै नआई सरकार किन जानु भन्ने बैठकमा अधिकांशको भनाइ रह्यो । ”

अर्का उपमहासचिव डा. विजय पौडेलले पनि सरकारमा सहभागी हुन प्रस्ताव नै नआएको बताए । 

“सरकारमा सहभागी हुन प्रस्ताव नै आएको छैन । के जानु ?,” उनले भने ।

बैठकमा स्थायी कमिटी सदस्य बलराम बास्कोटाले बैठकको एजेन्डामाथि नै प्रश्न गरेका थिए । सरकारबाट प्रस्ताव नै नआई सरकारमा जानेबारे एजेन्डा राखिएको भन्दै उनको आपत्ति जनाएका थिए ।

"उनीहरूले हामीलाई गनेकै छैन । हामी किन खुट्टा उचालिरहेका छौँ ?," उनले बैठकमा भनेका थिए ।

स्रोतका अनुसार बैठकमा विशेषगरी नेताद्वय मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले सरकारमा जानुपर्ने धारणाका राखेका थिए ।

न्यौपानले वाम एकता हुनुपर्नेमा पनि जोड दिएका थिए । "वामपन्थीहरूबीच एकता हुनुपर्छ । यो काम ढिलो गर्न हुँदैन । हामीले नै एकताका लागि पहल गरौँ । सरकारमा पनि जाऔँ," न्यौपानलेलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

प्रकाश ज्वालाले पनि सरकारमा जानुपर्ने बताएका थिए । "हामी सरकारमा जान्न नभनौँ । सरकारमा नजाने भएपनि कार्ययोजना बनाएर अगाडि बढौँ," बैठकमा उनले भनेका छन् ।

अब सोमबारदेखि पोलिटब्युरो बैठकमा अहिले निर्वाचित सांसदहरू पनि सहभागी हुने भएकाले त्यसपछि मात्र एकीकृत समाजवादीले धारणा सार्वजनिक गर्ने योजना बनाएको छ । 

प्रस्ताव नै नआई बैठकको एजेन्डा किन बन्यो त ? भन्ने प्रश्नमा तुलाधरले भने, “बाहिर हल्ला धेरै भए । त्यसबारे स्पष्ट पार्न नेताहरूको धारणा मागेका हौँ ।”

बैठकमा सरकारमा सहभागी नभए पनि समर्थन गर्नुपर्ने भन्दै स्थायी कमिटी सदस्यहरूले सुझाएका थिए । बैठकले त्यसबारे पनि निर्णय लिन सकेन । 

“एमाले र माओवादी केन्द्रले नेतृत्व गरेपनि मुलरूपमा खिचडी सरकार बन्न गएको छ । यसलाई समर्थन दिने वा नदिनेको के अर्थ रहन्छ ? भन्ने कुरा पनि उठ्यो,” तुलाधरले भने, “हिजो सँगै हिँडेका, गठबन्धन तोडेर भएपनि प्रधानमन्त्री बन्न पुगेका प्रचण्ड नै प्रधानमन्त्री भएकाले समर्थन दिनु उपुयुक्त हुन्छ भन्ने अलिक बढी साथीको धारणा छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारलाई आवश्यकता पर्छ पर्दैन भनेर हेर्ने र निर्णय गर्ने बताए । 

“सहयोगको आवश्यकता छ कि छैन ? हेर्छौं । त्यसपछि दृष्ट्रिकोण तय गछौंँ,” उनले बैठकपछि सञ्चारकर्मीसँग भने । 

प्रचण्ड नेतृत्वको सरकारलाई सात दलसहित तीन स्वतन्त्र गरी १६९ जना सांसदको समर्थन छ । अंकगणितीय हिसाबाले प्रत्यक्षतर्फ १० सिट रहेको एकीकृत समाजवादीको समर्थन नभएपनि सरकारलाई फरक पर्ने देखिँदैन । 

त्यसैले पनि नेपाललाई औपचारिक रूपमा प्रस्ताव नगरिएको गठबन्धनका नेताहरूको भनाइ छ । 

पार्टी जोगाउने चिन्ता !
एमाले र माओवादीबीच गठबन्धन बनेपछि एमाले र एकीकृत समाजवादीबीच एकता हुने चर्चा चल्यो । एकीकृत समाजवादीका अध्यक्ष नेपाल राष्ट्रपति बन्ने चर्चा चलिरहँदा नेताहरूले त्यसलाई खारेज गरिरहेका छन् । 

“पार्टी एकताको चर्चा एमालेका केही मान्छेले चलाएका हुन्,” तुलाधर भन्छन्, “एकता हुन्छ भनेर हाम्रो पंक्तिलाई भुलभुलयामा राख्ने खालको षड्यन्त्र भइरहेको छ । एकताको प्रयास दुवैतिरबाट भएको छैन् ।”

प्रवक्ता खतिवडाले पनि पार्टी एकता बजार हल्ला मात्रै भएको बताए । 

“पार्टी एकता सम्भव छैन । पार्टी एकता बजार हल्ला हो । एकताका निम्ति पहल भएको छैन्,” उनले भने । 

दुवै पार्टीका दोस्रो तहका नेताहरूले एकताका लागि अनौपचारिक छलफल भने गरिरहेका छन् । त्यसले मूर्त रूपमा पाउने अवस्था बनिसकेको छैन । एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्षहरूबीच छलफल नभएसम्म यसै भन्न नसकिने नेताहरूको भनाइ छ । 

एकीकृत समाजवादीलाई पार्टी कार्यकर्ता जोगाउन चुनौती छ । सत्ताबाहिर बस्दा सत्ताका लागि पार्टी छाड्नेहरू बढ्न सक्नेसमेत भय रहेको नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC