site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोर्डको निर्णय स्वागत गर्दै संघले लियो आन्दोलन फिर्ता 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र विकास बोर्ड आफ्ना मागमा केही लचिलो भए पछि चलचित्र संघले आन्दोलन फिर्ता लिएको छ । आज बसेको संघको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।

“बोर्डको निर्णय स्वागत गर्दै हामीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने निर्णय गर्यौं,” संघका द्वितिय उपाध्यक्ष गोपालकाजी कायस्थले भने, “हाम्रा बाँकी रहेका माग संबोेधन गर्न अब बोर्डसँग वार्तामा बस्ने छौँ ।” 

बोर्डले विदेशी चलचित्र सेन्सर गर्ने समय सात दिनबाट घटाएर चार दिनमा झारेको छ । रातिको ११ बजे पछि चलचित्र चलाउने भए बोर्डलाई जानकारी गराए मात्रै पुग्ने बोर्डले निर्णय गरेको छ । बोर्डका यी निर्णयपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । 

बोर्डले सल्लाहकार नियुक्त गर्दा चलचित्र संघलाई नसमेटेको गुनासो गर्दै असन्तुष्ट बनेपछि संघका तर्फबाट बोर्डले आजै संघका द्वितिय उपाध्यक्ष गोपालकाजी कायस्थलाई सल्लाहकारमा नियुक्त गरेको छ ।  

संघले आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १२ गते (आज) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने । १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने, १६ गतेसम्म पनि आफ्ना माग सम्बोधन नभए हल बन्द गर्ने र बोर्डमा ताला लगाउने कार्यक्रम तय गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro