site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अमेरिकास्थित नेपाली दूतावासले संकलन गरेको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो
वासिङटन डीसीस्थित दूतावासको कार्यालय । फाइल तस्बिर : फेसबुक ।

काठमाडौं । अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासको सवारीसाधनमा लुटपाट भएको छ । त्यहाँस्थित नेपाल दूतावासले एक सूचना जारी गर्दै अमेरिकाको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरबाट संकलित ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको जनाएको हो ।

दूतावासका अनुसार डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको मनी अर्डर र क्यासियर चेकसहित दूतावासका कर्मचारीहरू डिसेम्बर २२ मा ह्युस्टनबाट वासिङटन डीसीतर्फ गइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो १२ बजे पार्किङमा राखिएको दूतावासको सवारीसाधन तोडफोड गरी लुटिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त घटनापछि तत्काल ‘ह्युस्टन पुलिस डिपार्टमेन्ट’ तथा ‘डिप्लोमेटिक सेक्युरिटी डिभिजन’लगायत सुरक्षा निकायमा उजुरी गरी लुटिएको मनी अर्डर र क्यासियर चेक फिर्ता लिने प्रयास भइरहेको दूतावासले जनाएको छ ।

सेवाग्राहीको नजिकै गई सेवा प्रवाह गर्ने क्रममा भएको यो घटनाको अनुसन्धान गरी लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा सहयोग गर्न दूतावासले अपिल गरेको छ ।

यस्तै, त्यसरी लुटिएका मनी अर्डर र क्यासियर चेक रद्द गर्नका लागि पनि दूतावासले आग्रह गरेको छ । “कन्सुलर सेवा शिविरबाट सेवा प्राप्त गर्ने सबै सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा पेस गर्नुभएको मनी अर्डर वा क्यासियर चेक यदि रद्द गर्न सम्भव भएमा आफूले मनी अर्डर वा क्यासियर चेक बनाएको सम्बन्धित स्टोर वा बैंकमा गई तत्काल ती रद्द गर्न अनुरोध छ,” दूतावासले जारी गरेको सूचनामा भनिएको छ । रासस

321543463_825995888698691_7836504339008389472_n1671891040.jpg

321498965_891603172010357_290982188318233844_n1671891068.jpg

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  २०:१६
प्रतिक्रिया दिनुहोस्