site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
कर्णाली प्रदेश सांसदको शपथ सोमबार हुने

काठामाडौं । कर्णाली प्रदेशसभामा नवनिर्वाचित सांसदहरुको शपथ आगामी सोमबार हुने भएको छ । कर्णाली प्रदेशसभा सचिवालय एक सूचना प्रकाशित गर्दै पुस ११ गते सोमबार सपथ ग्रहण गराइने बताएको छ ।

“प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य माननीय विनोदकुमार शाहज्यूबाट कर्णाली प्रदेशसभामा निर्वाचित सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई” शपथ ग्रहण गराइने सूचनामा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेशसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम तीन दिन अगावै कर्णाली प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन पनि सूचनामा भनिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्