site stats
कला
गृष्म श्रेष्ठले जिते विराट एक्स्पो सिङ्गिङ आइडलको उपाधि

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा आयोजना गरिएको ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । १५० प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले उपाधि जितेका हुन् । 

बुधबार सम्पन्न भएको आइडलको फाइनल राउन्डमा ६ जना प्रतिस्पर्धी पुगेका थिए । छनोट भएका ६ जनामा महिलाको सहभागिता नभएपछि महिलाहरुमध्ये अन्तिम समयसम्म आएकी नेहा खड्कालाई सहभागी गराइएको थियो ।

S.A.U
Agani Group

सिङ्गिङ आइडलको फस्र्ट रनरअप फुर्व तामाङ र सेकेन्ड रनरअप रमननाथ अधिकारी भएका छन् भने नितेश आले मगर, रोहन तिम्सिना र अभिषेक काफ्लेले कुनै उपाधि जित्न सकेनन् । विजताहरुले क्रमशः ५१ हजार, ३१ हजार र १५ हजार रुपैयाँका साथै विभिन्न गिफ्टह्यापर प्राप्त गरेका छन् । 

सिङ्गिङ आइडलको फाइनल राउन्डको निर्णायक टोलीमा गायिका इन्दिरा जोशी, सुमित खड्का र सुमन श्रेष्ठ रहेका थिए । एक्स्पोमा दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहँदै आएको छ ।

Global bank

सांगीतिक साँझमा सबै उमेर समूहको बाक्लो उपस्थिति हुने गरेको छ । शुक्रबार नेपालको चर्चित ब्यान्ड ‘दी एलिमेन्टस् ब्यान्ड’को प्रस्तुति रहने छ । शनिबार आशिष राना (लाहुरे)को प्रस्तुति रहने आयोजक उद्योग संगठन मोरङले जनाएको छ । 

एक्स्पोमा नेपाल भारतका अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहँदै आएको छ । एक्स्पो अवलोकन गर्न आउनेहरुका लागि खाद्यान्न, प्लाष्टिक, सवारीसाधनलगायतमा छुटको व्यवस्था गरिएका कारण समय थपिँदासमेत धेरैजना आएको आयोजकले जनाएको छ ।

यसैबीच पुस १० सम्म आयोजना हुने एक्स्पोमा अवलोकनकर्ताहरुको सहजताका लागि दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पोस्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पोस्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पोस्थल तथा जोगबनीबाट एक्स्पोस्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  २०:२६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय