site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ अनुहारको यस्तो छ संसद् छिर्ने तयारी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरूलाई शपथ खुवाउनेछन् । शपथ ग्रहण गरेसँगै उनीहरूले सांसदको वैधानिकता पाउनेछन् । 

मंसिर ४ को प्रतिनिधिसभामा १६५ मध्ये करिब ६० जना प्रत्यक्ष निर्वाचित सांसदहरू पहिलोपटक सांसदका रूपमा संसद् प्रवेश गर्दै छन् । समानुपातिकतर्फ निर्वाचित भएकाहरूमा अधिकांश नयाँ अनुहार छन् ।

यो निर्वाचनबाट केही नयाँ दल पनि उदाएका छन् । पहिलोपटक संसद छिर्ने सांसहरूको तयारी कस्तो छ त ? केही सांसहरूको तयारी यस्तो छ–

ठाकुर गैरे 

नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका ठाकुर गैरे पहिलोपटक संसद प्रवेश गर्दै छन् । पाल्पा क्षेत्र नम्बर २ बाट एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन । गैरे यतिबेला संसदीय अभ्यास, प्रक्रियालगायतका अध्ययनमा व्यस्त छन् । 

“संसदीय अभ्यास, छलफलको प्रक्रिया, नियमावलीका बारेमा अध्ययन गरिरहेको छु,” उनले बाह्रखरीसँग भने, “अब केन्द्रित हुनुपर्ने कुरा के हुन् भनेर छलफल गरिरहेको छु ।” 

विशेषगरी संसद्मा तीनवटा कुरा उठान गर्ने तयारीमा उनी छन् । “एउटा त जनस्तरमा उठ्ने विषयहरू जनताका समस्याहरू सदनमा पुर्‍याउने, दोस्रो केन्द्र र जिल्लाका विकासका सन्दर्भमा र तेस्रो सरकारले टेबुल गरेको विषयमा प्रस्तुत हुने हो,” उनी सुनाउँछन् । 

माधव सापकोटा 'सुवोध' 

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य माधव सापकोटा 'सुबोध'को संसद् यात्रा पहिलो हो । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट एमालेका सरेश नेपाललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

उनी पनि संसदीय प्रक्रियाको अध्ययनमा छन् । 

“संसद्को सिस्टम बुझ्दै छु । संसद्सँग सम्बन्धित सामग्री लिएर अध्ययन गर्दै छु,” उनले बाह्रखरीसँग भने । मुख्यतः दुईवटा विषयमा भूमिका निर्वाह गर्ने योजना छ । 

“पहिलो त कानुन निमार्णमा अध्यननसहित भूमिका खेल्ने हो । अर्को सदनभित्र भुइँतलामा हराएका विषयवस्तुलाई ध्यानाकर्षण हुनेगरी सशक्त र व्यवस्थित तयारीका साथ प्रस्तुत हुने प्रारम्भिक योजना छ । अरू विषयहरू त भूमिका खेल्ने क्रममा आउने नै भए,” उनले सुनाए । 

'भुइँतलामा हराएका विषय भन्नेको चाहिँ कस्तो हो त ?' भन्ने प्रश्नमा सापकोटा भन्छन्, “कयौँ कुराहरू ग्राउन्डमा छायाँ परेका हुन्छन् । जस्तो, आफ्नै निर्वाचन क्षेत्रमा ओरेन म्याग्नेफाइडको विषय त्यसै हराएको छ । राज्यलाई ठूलो नोक्सानी हो । कि चलाउनुपर्‍यो कि बन्द गरेर त्यो जमिनमा अर्को उद्योग खोले भयो नि ! त्यस्ता कुराहरू हुन सक्छन् । ”

दुर्लभ थापा

नेपाली कांग्रेसको भक्तपुर जिल्ला सभापतिसमेत रहेका दुर्लभ थापा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भए । एमालेका नेता महेश बस्नेता हराएर निर्वाचित भएका थापालाई सांसद बनेर ठूलो उपलब्धि हाँसिल गरेको जस्तो भने लागेको छैन । 

“मैले सांसद बन्नुलाई धेरै ठूलो उपलब्धिको रूपमा लिएको छैन । निरन्तर सक्रिय नै छु । समान्य प्रक्रिया हो । त्यसमै अघि बढिरहेको छु,” थापाले बाह्रखरीसँग भने । 

संसद्मा जनताका समस्याहरूमा नै आवाज उठाउने उनको तयारी छ । 

“खेतीको सिजनमा किसानले मल पाएका छैनन् । त्यो भन्दा ठूलो कुरा के उठाउने ? भोट माग्न जाँदा जनताले पैसा तिरेर नि मल पाइन भनेको अवस्था छ । पानी, शिक्षा, उपचार पाइन भन्ने गु्नासो छ,” उनले भने, “ डाक्टर, इन्जिनियर पढेर पनि काम पाइनँ भनेको छ । ती सबै कुरा नै उठाउने हो । संसद्मा बोलेर मात्रै पनि त पुग्दैन । जनताका समस्याामा नै ध्यान हुन्छ । यस्ता पार्टीले पनि उठाउला । त्यस्तो नभए व्यक्तिगत रूपमा भए नि गर्छु ।”

रामप्रकाश चौधरी 

लोकतान्त्रिक समाजवादी (लोसपा) बाट प्रत्यक्ष निर्वाचित भएका चार सांसदमध्ये एक हुन्, रामप्रकाश चौधरी । उनी सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । 

नेपाल प्रहरीका पूर्व इन्सपेक्टरसमेत रहेका चौधरी शपथपछि मात्रै संसद्को तयारीमा लाग्ने बताउँछन् । 

“आज महन्थ ठाकुरजीलाई संसदीय दलको नेता चुनेका छौँ । भोलि शपथ छ,” उनले भने, “शपथपछि जनताले गरेको अनुमोदनले मान्यता पाउँछ । त्यसपछि विषयअनुसार बोल्ने अध्ययन गर्ने त भइहाल्छ नि ।”

प्रहरी सेवामा सीमित दायारा भएको बताउँदै फरक जिम्मेवारी पाएको उनी दंग देखिन्छन् । 

“प्रहरी क्षेत्र त सीमित क्षेत्र भयो । त्यहाँ शान्ति सुरक्षाको काम हुन्थ्यो । यहाँ नियम कानुन बनाउने, विकास निर्माणको कामको कुरा छ,” उनी सुनाउँछन्, “भूमिका फरक छ । अब विभिन्न जिम्मेवारी पनि आउँछ । त्यसअनुसार अघि बढ्ने हो ।”

रञ्जिता श्रेष्ठ चौधरी

पहिलोपटक निर्वाचनमा होमिएको नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभामा तीन सांसद निर्वाचित भएका छन् । यो पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीको संसद् यात्रा पहिलो हो ।  उनी कैलाली १ बाट निर्वाचित भएकी हुन् ।

संसद्बाट न्यायको आवाज उठाउने उनको तयारी छ । टीकापुर हत्या काण्डमा जेल जीवन बिताइरहेका श्रीमान् रेशम चौधरीलाई निर्दोष ठहर गरी रिहाइ गर्नुपर्ने आवाज उठाउने उनको तयारी छ । उनीहरूले कैदी बन्दीलाई रिहाइ गर्नुपर्ने आवाज सडकबाट उठाइरहेका छन् । 

“हाम्रो पहिलो आवाज भनेको न्यायका लागि आवाज हुनेछ । निर्दोष घटनामा कारागारमा थुनिएर राखिएका कैदी बन्दीहरूको मुद्धा खारेजी, निर्दोषलाई थुनिएर राखिको छ । उहाँहरूको रिहाइका लागि आवाज उठाउँछौँ,” उनी भन्छन्, “साथै हामीले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्छौं । शिक्षा, स्वास्थ्यमा देखिएका समस्यालगायतका विषयमा आवाज उठाउँदै जानेछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  २१:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro