site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूला दलको गुम्यो साख : जिम्मा कसले लिने ?

काठमाडौं । आम निर्वाचन २०७९ले प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको साख खुम्च्याइदिएको छ । 

पहिलो, दोस्रो र तेस्रो हैसियत उनीहरुले यो चुनावमा पनि कायम राख्न सकेका छन् ।  तर, उनीहरु आफ्नो खुम्चिएको साख भने स्वीकार गर्न बाध्य भएका छन् । 

०७४मा भन्दा यसपटक मतदाता संख्या २५ लाख ६० हजार ६३२ ले बढेको छ । तर, प्रमुख दलको हैसियत भने खुम्चिएको छ । 
०७४ सालमा वाम गठबन्धन हुँदा नेपाली कांग्रेस संसदीय अंकगणितमा राम्रैसँग खुम्चिएको थियो । 

प्रत्यक्षतर्फ १६५ मध्ये २३ सिटमा सीमित भएको कांग्रेस समानुपातिकतर्फ भने ३१ प्रतिशत बढी मत ल्याएर ४० सिट लिन सफल भएको थियो । 

यसपटक कांग्रेसले गठबन्धन गरेर प्रत्यक्षमा ५७ सिट जितेको छ । तर, समानुपातिकमा ४० सिटबाट ३२ सिटमा खुम्चिएको छ । 

०७४ मा मतदाता कूल मतदाता एक करोड ५४ लाख २७ हजार ९३८ हुँदा ३१ लाख २८ हजार ३८९ मत पाएको कांग्रेसले ०७९ मा कुल मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० हुँदा जम्मा २७ लाख १५ हजार २२५ मत पाएको छ । 
मतदाताका संख्या २५ लाख ६० हजार ६३२ ले बढेको छ ।  तर, कांग्रेस मत प्रतिशतमा मात्र होइन मतदाता बढेका बेला मतमै पछि परेको छ । 

प्रत्यक्षमा २३ सिटमा खुम्चिदा पनि ३२.७७ प्रतिशत मत पाएको कांग्रेस अहिले २६.६ प्रतिशत मतमा सीमित छ । 

उसले विगतमा भन्दा चार लाख १३ हजार १६४ मत कम पाएको छ । 

०७४मा प्रत्यक्षतर्फ जितेका ३६ सिट गुमाएर ४४ सिट पाउँदै दोस्रो हैसियतमा ओर्लिएको नेकपा एमालेले ४४ सिट जितेको छ । 

प्रत्यक्षमा कांग्रेसभन्दा १३ सिट कम जितेको एमाले समानुपातिकमा भने पहिलो पार्टी भएको छ ।  कांग्रेसले भन्दा एक लाख ३० हजार ४१० मत बढी पाएको एमालेले विगतमा आफैँले पाएको मत भने गुमाएको छ । 

उसले विगतमा भन्दा ३ लाख २७ हजार ७९० मत गुमाउँदा सात सिट गुमाएको छ । 

०७४ मा ३१ लाख ७३ हजार ४३१ मत पाएर ४१ सिट पाएको एमाले अहिले २८ लाख ४५ हजार ६४१ मत पाएर ३४ सिटमा खुम्चिएको छ । 

नेकपा माओवादी केन्द्र त विगतमा भन्दा २० सिट कममा खुम्चिएको छ ।

०७४को निर्वाचनमा प्रत्यक्षमा ३६ सिट जित्दै समानुपातिकमा १६ सिट पाएर ५२ सिटको हैसियत बनाएको माओवादी केन्द्र यसपटक ३२ सिटमा खुम्चिएको छ ।

समानुपातिकमा ०७४ को चुनावमा १३ लाख ३ हजार ७२१ मत पाएर १६ सिट पाएको माओवादी केन्द्र यसपटक ११ लाख ७५ हजार ६८४ मत  पाउँदै १४ सिटमा सीमित भएको हो । 

उसले ०७४मा भन्दा एक लाख २८ हजार ३७ मत कम पाएको छ । 

यो सबै मत नयाँ दलहरुतर्फै मोडिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीले नयाँ मतदातासहित पुरानालाई पनि आकर्षित गर्दा मुख्य दलको हैसियत खुम्चिएको हो । 

०७४ को निर्वाचनमा समानुपातिकतर्फ कुल ९५ लाख ४४ हजार ७४१ मत सदर भएको थियो भने यसपटक एक करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro