site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
पद्मा अर्यालले मतान्तर घटाइन्, राष्ट्रिय स्वतन्त्र पार्टीको मत ४२०० नजिक

काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले कायमै राखेका छन् । बिहीबार राति १०:२० बजेसम्मको मत परिणामअनुसार उनले ९ हजार ९८१ मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा (एमाले)की उमेदवार पद्मा अर्यालले सात हजार ५६० मत पाएकी छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्यालले यसअघि सार्वजनिक मत परिणामको तुलनामा मतान्तर घटाएकी छन् । यसअघि उनी दुई हजार ५४९ मतले पछाडि थिइन् ।

अहिले अर्याल गुरुङभन्दा दुई हजार ४२१ मतले पछाडि छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले चार हजार १७६ मत ल्याएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २२:३८
प्रतिक्रिया दिनुहोस्