site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कपडा गोदाममा राजश्वको छापा, तीन ठाउँमा शिलबन्दी

काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलबन्दी गरेको छ ।

भन्सार छलेर ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र विभागको टोलीले छापा मारेर तीन स्थानमा रहेको कपडा गोदाममा शिलबन्दी गरेको हो । 

नितेश इम्पेक्सको काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा शिलबन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनले शुक्रबारदेखि विभागले शिलबन्दी गरेका स्थानमा थप अनुसन्धान गर्ने बताए । 

गोदाममा भन्सार छलेर ल्याइएका ठूलो परिणाममा थान कपडा रहेको आशंका गरिएको उनले बताए । छापा मार्दा बिज, बिजक फेला नपरेकाले सिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu