site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
स्मार्ट क्यूआरमा सहकारी पनि जोडियो, एमडबलीमार्फत भुक्तानी गर्न सकिने

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा सञ्चालित स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टहरूलाई एमडबली एपबाट भुक्तानी गर्न सकिने भएको छ ।

इन्फोडेभलपर्सद्वारा सञ्चालित एमडबली सहकारीहरूलाई लक्षित गरिएको मोबाइल बैंकिङ सेवा हो । हाल १७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याईएको एम डबलीमा स्मार्ट क्यूआर सेवा सुरु गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल आर्जन बचत तथा ऋण सहकारीका एमडबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए ।

भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएतका एक लाख साठी हजार भन्दा धेरै मर्चेन्टहरू आबद्ध स्मार्ट क्यूआर नेटवर्कमा हाल सम्म बैंक तथा वालेट हरू मात्र आबद्ध भएको परिदृश्यमा एम डबली मार्फत सहकारीका सदश्य हरूले पनि यो सुबिधा मार्फत लाभ लिन सक्ने कुराले आफुहरू उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए ।

साथै सेवा सुरु गर्न सहकारीहरूले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फोडेभलपर्समा सम्पर्क गर्न सक्ने छन् । 

ईन्फोडेभलपर्सले विगत २० वर्षदेखि सहकारी, वित्तीय संस्था, सरकारी, गैरसरकारी तथा  अर्ध-सरकारी संस्थाहरूमा गुणस्तर र भरपर्दो आईटी र कोर बैंकङ्ग सेवाहरू उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्