site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'ओलीको असफलता र सामाजिक सञ्जालको प्रोपगान्डाले गठबन्धनलाई कमजोर बनायो' (अन्तर्वार्ता)

मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ । गठबन्धनको सहयोगमा चुनाव लडेको नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो दल बन्ने निश्चित भएको छ । दोस्रोमा नेकपा(एमाले) र तेस्रोमा नेकपाा(माओवादी केन्द्र) छ ।

मत परिणाम आइरहँदा कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा (राजमो) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहितको गठबन्धनभित्र उत्साहपूर्ण नतिजा नआएको विश्लेषण भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्ष र समानुपातिकमा आएको मतले ठूला दलको सिट र समानुपातिक मत खस्केको छ । यसै विषयमा कांग्रेस प्रवक्ता प्रकाशरण महतलाई बाह्रखरीका रोमन आचार्यले गठबन्धनको सफलता र समानुपातिकमा मत घटेको विषयमा केही प्रश्न गरेका छन् । प्रस्तुत छ, संवादको सम्पादित अंश :

गठबन्धन कति सफल भयो ?
अपेक्षाकृत सफल भएन । राष्ट्रिय स्वतन्त्र पार्टी पनि आयो । समानुपातिकतर्फ पनि असर पार्‍यो । फराकिलो अन्तरले बहुमत आउँछ भन्ने हामीलाई अपेक्षा थियो । त्यो चाहिँ भएन । तर, पनि बहुमत चाहिँ आउँछ । 

गठबन्धनभित्र पनि इमान्दारिता देखिएन कि ? 
हाम्रो तर्फबाट इमान्दार हुने प्रयास गरिएको छ । हामीले समानुपातिकमा त सोचे अनुसार मत पाएनौँ भने हामीले भन्दैमा मत ‘ट्रान्सफर’ हुने कुरा भएन सहरी क्षेत्रमा । गठबन्धन इमान्दार नभएको भए नेकपा (एकीकृत समाजवादी) पार्टीको १० सिट कहाँबाट आउँथ्यो र ? माओवादीको पनि धेरै ठाउँमा हाम्रो सहयोगले निर्वाचित भएका छन् । हामी पनि उनीहरूको धेरै मतले चुनाव जितेका छौँ ।

सहरी मतदाताले गठबन्धनलाई पत्याएनन् नि हैन ? 
सहरी मतदातामा खास युवाहरूमा दलहरूबाट जुन अपेक्षा छ । ओलीजीले शासन चलाउँदा जसरी निराशा पैदा गर्नुभयो । त्यसको असर अहिले दलहरूमा पर्‍यो । यसको मूल्य हामीले चुकाउनपुर्‍यो । एक वर्षमा ओलीजीका सबै कामहरूलाई हामीले सुधार गर्न सकेनौँ ।

त्यो अपेक्षाहरूले मत घट्यो । कुन परिप्रेक्षबाट राजनीति अघि बढ्यो र बढिरहेको छ त्यो युवा मतदाताहरूले बुझेनन् । सामाजिक सञ्जालबाट प्रोपगान्डा चलाइएकाले पनि हाम्रो मतमा असर परेकै हो । प्रत्यक्षमा पनि असर परेको हो । 

समानुपातिकमा पनि कांग्रेसको भोट नराम्री घट्ने देखियो ? 
हामीले एकीकृत समाजवादी, माओवादी केन्द्रलाई पनि सिट दियौँ । त्यसले पनि जनताले हामीलाई भोट दिएनन् । गठबन्धनका कारण हाम्रो धेरै ठाउँमा उमेदवार भएनन् । त्यहीँ कारणले मतदाता उत्साहित भएर भोट हाल्न नजाने अवस्था आएन । एउटा मात्र कारण छैन । तर, हामी बहुमतको अपेक्षामा छौँ ।

गठबन्धन गर्दा पनि सबै दलका केही शीर्ष नेताहरू हार्नुभयो । गठबन्धन सफल नभएकै हो ? 
पराजित भएको हो । एउटा मात्र कारण हैन विविध कारण छन् । एमालेका नेताहरू पनि हार्नुभयो । हाम्रो माओवादी सबैका ठूला नेताहरू हारेकै छन् नि ! निर्वाचनको समयमा यस्तो भइहाल्छ । भोट ‘ट्रान्सफर’को विषय छन् । आन्तरिक पार्टीभित्रको आन्तरिक असन्तुलन पनि अर्को कारण छ । अन्तर्घात त पुरानै रोग हो नि । 

अहिले माओवादी–एमालेको सम्भावित गठबन्धनको चर्चा हुन थालेको छ । कांग्रेसले यसलाई कसरी लिएको छ ? 
ओलीजीले माओवादी लिएर गठबन्धन गर्ने प्रयास नौलो विषय होइन । त्यो प्रयास उहाँले गर्ने नै हुनुभयो । यो गठबन्धन तोड्न उहाँले प्रयास गरेकै हो । यो गठबन्धन अनेक समस्या झेल्दै यहाँसम्म आइपुगेको छ । मलाई त अहिले गठबन्धन तोडिन्छ भन्ने लाग्दैन । यो गठबन्धन अगाडि जान्छ भन्ने मलाई लाग्छ । सरकार यहीँ गठबन्धनले बनाउँछ । कांग्रेसले नेतृत्व गरेर सरकार बनाउँछ भन्नेमा म विश्वस्त छु ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro