संसद् निर्वाचन २०७९,राजनीति
दाङ-३ मा काेमल वलीलाई पराजित गर्दै दीपक गिरी निर्वाचित

दाङ । दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित भएका छन् ।
कांग्रेस उमेदवार गिरीले ३६ हजार ८८२ मत प्राप्त गरेका छन् ।
निकतटम प्रतिस्पर्धी नेकपा (एमाले)की केन्द्रीय सदस्य कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छन ।
गिरीले वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरेका हुन् । यो निर्वाचन क्षेत्रमा ९० हजार १५० मत खसेको थियो । सुरुदेखि नै अग्रता लिएका गिरीले क्रमिक रूपमा मतान्तर बढाउँदै लगेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:४१