site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समानुपातिक मत : एमाले पाँच प्रदेशमा अगाडि, कांग्रेस र माओवादी एक/एकमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । यही मंसिर ४ गते भएको प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार बिहीबार बेलुका ६ बजेसम्म प्रदेशसभाको समानुपातिकतर्फ नेकपा (एमाले) चार प्रदेशमा पहिलो स्थानमा छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) एक/एक प्रदेशमा अगाडि छन् ।

प्रदेश–१ मा एमाले पहिलो 
समानुपातिकतर्फ प्रदेश–१ मा एमाले पहिलो स्थानमा छ । अहिलेसम्म एमालेले एक लाख २६ हजार ३१७ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले एक लाख १४ हजार ४८५ मत ल्याएको छ ।

तेस्रोमा रहेको माओवादी केन्द्रले ४६ हजार ५६१ मत पाएको छ । चौथो स्थानमा रहेको राप्रपाले ४३ हजार ३३८, पाँचौँ स्थानमा रहेको जसपाले १९ हजार १३८ र छैटौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले नौ हजार ४०२ मत ल्याएको छ । सातौँ स्थानमा रहेको जनमत पार्टीले ६ हजार ५७८ मत प्राप्त गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मधेसमा कांग्रेस अगाडि
समानुपातिकतर्फ मधेस प्रदेशमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले हालसम्म ४० हजार ६९० मत पाएको छ । दोस्रोमा रहेको एमालेले ३४ हजार ११२ मत ल्याएको छ ।

जनमत पार्टीको मत तेस्रोमा छ । जनमतको २८ हजार १९५ मत छ । चौथोमा रहेको जसपाको २८ हजार १९५, पाँचौँ स्थानमा रहेको माओवादी केन्द्रले १५ हजार ३३६ मत पाएको छ ।

Global Ime bank

छैटौँ स्थानमा रहेको लोसपाले ११ हजार २४ मत प्राप्त गर्दा एकीकृत समाजवादीले १० हजार ७१९, राप्रपाले सात हजार ८०५, नेपाल संघीय समाजवादीले ६ हजार ८९ र नागरिक उन्मुक्ति पार्टीले चार हजार ९४७ मत ल्याएको छ ।

वाग्मतीमा एमाले पहिलो 
वाग्मती प्रदेशमा एमाले एक लाख २३ हजार ५७४ मतसहित पहिलो स्थानमा छ । कांग्रेस एक लाख १२ हजार २१५ मतसहित एमालेलाई पछ्याइरहेको छ । यहाँ राप्रपा ६३ हजार ४० मतसहित तेस्रो, नेपाल मजदुर किसान पार्टी ५५ हजार २०९ मतसहित चौथो स्थानमा छ । माओवादी केन्द्र ४४ हजार ९५० मतसहित पाँचौँ स्थानमा रहँदा हाम्रो नेपाली पार्टी २४ हजार ४५५ मतसहित छैटौँ स्थानमा छ । सातौँ स्थानमा रहेको एकीकृत समाजवादीले १५ हजार ४९७ मत पाएको छ ।

गण्डकीमा पनि एमाले पहिलो 
समानुपातिकतर्फ गण्डकी प्रदेशमा पनि एमाले नै पहिलो स्थानमा छ । एमालेले एक लाख ४१ हजार ८१५ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले एक लाख २७ हजार २३१ मत पाएको छ । माओवादी केन्द्र ७१ हजार ९५४ मत ल्याउँदै तेस्रो स्थानमा छ । राप्रपाले २३ हजार ९५१, एकीकृत समाजवादीले आठ हजार ८३७ मत प्राप्त गरेको छ । हाम्रो नेपाली पार्टीले आठ हजार ८०३ पाउँदा राष्ट्रिय जनमोर्चाले आठ हजार ४७५ मत ल्याएको छ ।

लुम्बिनीमा एमाले नै अगाडि
लुम्बिनी प्रदेशमा पनि एमाले अगाडि छ । एमालेले एक लाख ७१ हजार १७२ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले एक लाख ४४ हजार ९२६ मत पाएको आयोग जनाएको छ । माओवादी केन्द्र ४९ हजार ८१५ मतसहित तेस्रो, राप्रपा ४१ हजार ८२९ मतसहित चौथो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टी २० हजार ७८१ मतसहित पाँचौँ स्थानमा छ । जसपाले १५ हजार ८२६, एकीकृत समाजवादीले ११ हजार ५१ र जनमत पार्टीले १० हजार ७४४ मत ल्याएको छ ।

कणालीमा माओवादी अगाडि   
कर्णाली प्रदेशमा माओवादी केन्द्र ३५ हजार ५६८ मतसहित पहिलो स्थानमा छ । एमाले २० हजार ५३० मतसहित दोस्रो स्थानमा रहँदा कांग्रेसले १३ हजार २६९ मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले चार हजार ५२६ मत पाउँदा राप्रापाले दुई हजार ६९९ मत ल्याएको छ ।

सुदूरपश्चिममा एमाले अगाडि 
सुदूरपश्चिम प्रदेशमा पनि एमाले अगाडि छ । एमालेले पाँच हजार ९७० मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले चार हजार ३३८ मत पाउँदा माओवादी केन्द्र तीन हजार ९८ मतसहित तेस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टीले दुई हजार ३३१ मत प्राप्त गर्दा राप्रपाले एक हजार ३३९ मत ल्याएको आयोगले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC