site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
पाँचथर ‘ख’बाट माओवादीका आङ्बोको दोस्रो जित 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बो प्रदेश नम्बर–१ को प्रदेशसभा सदस्य पदमा विजयी भएका छन् ।

पाँचथर निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट निर्वाचित हुँदै उनी दोस्रोपटक प्रदेशसभा सदस्य बन्न सफल भएका हुन् । ०७४ मा पनि विजयी भएका उनी प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री समेत बनेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार आङ्बोले १५ हजार ६७२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार अइन्द्रसुन्दर नेम्वाङले १२ हजार ६५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

यहाँ ३४ हजार ७१५ मत खसेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:३९
प्रतिक्रिया दिनुहोस्