site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५९ स्थानको नतिजा, कसले कहाँ जित्यो ? प्रमुख दलका शीर्ष नेताको सहज जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये ५८ प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

जसमध्ये धेरै स्थानमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले अहिलेसम्म जम्मा २५ प्रतिनिधिसभामा जित हासिल गरेको छ ।

काठमाडौंका पाँच क्षेत्रमा कांग्रेसले जित हासिल गरेको छ ।  कांग्रेस अहिले पनि ३२ निर्वाचन क्षेत्रमा अघि रहेको छ । 

कांग्रेस पछिपछि एमाले रहेको छ । एमालेले अहिलेसम्म १२ स्थानमा जित हासिल गरेको छ । 

अध्यक्ष केपी शर्मा ओलीसहितका १२ नेता अहिलेसम्म जित हासिल गरेका छन् । एमाले पनि ३२ स्थानमै अघि रहेको छ । ती स्थानमा मत गणना बाँकी रहेको छ । 

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालसहित पाँच क्षेत्रमा निर्वाचत जितेको छ । १० स्थानमा अहिले पनि माओवादी केन्द्र अघि रहेको छ । 

अर्को सहयात्री दल नेकपा एकीकृत समाजवादीले भने पाँच स्थानमा जित हासिल गरेको छ । बाँकी पाँच स्थानमै अग्रता कायम राखेको छ । 

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि अग्रता कायमै राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंकै चारवटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

राप्रपाले २ र नागरिक उन्मुक्ति पार्टीले १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीकै नेताले स्वतन्त्र उमेदवारी दिएर बर्दियामा जित हासिल गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका प्रमुख दलका शीर्ष नेताहरुले फराकिलो अन्तरले जित हासिल गरेका छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरु पनि जितउन्मुख रहेका छन् ।

नेपाली कांग्रेसले जित हासिल गरेका क्षेत्र
१– योगेश गौचन थकाली, मुस्ताङ
२– टेकबहादुर गुरुङ, मनाङ
३– प्रकाशमान सिंह, काठमाडौं–१
४– गगन थापा, काठमाडौं ४
५– प्रदिप पौडेल काठमाडौं ५
६– मोहन आचार्य रसुवा 
७– उदयशमशेर जबरा ललितपुर १
८– सन्तोष चालिसे काठमाडौं ३
९– शंकर भण्डारी तनहुँ २
१०– शेरबहादुर देउवा डडेल्धुरा 
११– राजेन्द्रकुमार केसी काठमाडौं १०
१२– रमेश रिजाल पर्सा ४
१३– हृदयराम थानी, सुर्खेत २
१४– विश्वप्रकाश शर्मा, झापा १
१५– रामहरि खतिवडा ओखलढुंगा 
१६– अजयकुमार चौरसिया पर्सा २
१७– दिलेन्द्रप्रसाद बडु दार्चुला 
१८– दुर्लभ थापा भक्तपुर २
१९– राजेन्द्र बजगाइँ गोरखा १
२०– खमबहादुर खर्बुजा म्याग्दी 
२१– दिक्पालबहादुर शाही– दैलेख
२२– पुष्पबहादुर शाह अछाम २
२३– एनपी साउद, कञ्चनपुर २
२४– रमेश लेखक, कञ्चनपुर ३
२५– वीरबहादुर बलायर कैलाली ४


नेकपा एमालेले जित हासिल गरेका क्षेत्रहरु 
१– प्रेमबहादुर महर्जन ललितपुर २
२– अम्बरबहादुर रायमाझी उदयपुर २
३– कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९
४– देवराज घिमिरे– झापा २
५– केपी शर्मा ओली झापा ५
६–योगेशकुमार भट्टराई ताप्लेजुङ
७–महेशकुमार बर्तौला, मकवानपुर २
८– पृथ्वीसुब्बा गुरुङ लमजुङ
९–टोपबहादुर रायमाझी अर्घाखाँची
१०–गोकर्णराज विष्ट, गुल्मी २
११–सूर्यबहादुर थापा प्युठान
१२–राजकुमार गुप्ता पर्सा ३

माओवादी
१–माधव सापकोटा– सिन्धुपाल्चोक १
२–लेखनाथ दाहाल सिन्धुली २
३–पुष्पकमल दाहाल प्रचण्ड, गोरखा २
४–देवेन्द्र पौडेल वाग्लुङ २
५–पूर्णबहादुर घर्ती , रुकुमपूर्व 
६–शक्तिबहादुर बस्नेत जाजरकोट
७–वर्षमान पुन रोल्पा 

राष्ट्रिय स्वतन्त्र पार्टी 
१– गणेश पराजुली काठमाडौं ७ 
२– विराजभक्त श्रेष्ठ–काठमाडौं ८ 
३– सोविता गौतम–काठमाडौं २
४– शिशिर खनाल– काठमाडौं ६

एकीकृत समाजवादी
१– शेरबहादुर कुँवर अछाम १
२–अमरबहादुर थापा दैलेख १
३–प्रकाश ज्वाला सल्यान
४–भानुभक्त जोशी बझाङ
५–कृष्णकुमार श्रेष्ठ बारा 

राप्रपा
१–धवलशमशेर जबरा बाँके २
२–ज्ञानेन्द्र बहादुर शाही जुम्ला 

जनता समाजवादी पार्टी 
१– प्रदिप यादव पर्सा १

स्वतन्त्र 
लालवीर चौधरी बर्दिया 

लोकतान्त्रिक समाजवादी पार्टी
१– सर्वेन्द्रनाथ शुक्ल– रुपन्देही ४


नागरिक उन्मुक्ति पार्टी
१– गंगाराम चौधरी कैलाली ३

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro