site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानी सेना प्रमुखकाे परिवारको गोप्य कर दस्ताबेज चुहियो
Sarbottam CementSarbottam Cement

इस्लामावाद । पाकिस्तान सरकारले सेना प्रमुख जनरल कामार जावेद बाज्वाको सम्पत्तिबारे चुहावट भएको गोप्य कर दस्ताबेजहरूमाथि छानबिन गर्न आदेश दिएको छ ।

बाज्वाको परिवारले उनको कार्यकालमा जम्मा गरिएको अर्बाैँ रुपैँया बराबरको सम्पत्तिसम्बन्धी विवरण समेटिएको प्रतिवेदनलाई एउटा अनलाइन न्यूज पोर्टलले प्रकाशित गरेको हो । 

सोमबार पाकिस्तानको अर्थ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार अर्थमन्त्री इसाक दारले जनरल बाज्वाको परिवारका सदस्यहरूको अवैध तथा अनुचति कर सूचना चुहावट भएकोमा गम्भीर ध्यान पुर्‍याएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सो विज्ञप्तिमा प्रधानमन्त्री सहनवाज सरिफका राजश्व मामिलासम्बन्धी विशेष सहयोगी तरिक मेहमुद पासाले यस विषयमाथि छानबिन गरी २४ घण्टाभित्र प्रतिवेदन बुझाउने उल्लेख गरिएको छ । 

फ्याक्ट फोकस न्यूज पोर्टलले सन् २०१६ मा बाज्वा शक्तिशाली पदमा नियुक्त भए यता उनको परिवारका सदस्यहरू अर्बपति बनेको खबर सार्वजनिक गरेपछि सरकारले अनुसन्धानका लागि आदेश दिएको हो । 

Global Ime bank

दक्षिण एसियाली मुलुक पाकिस्तानमा सैनिक मामिलामाथि रिपोर्टिङ गर्नुलाई निकै संवेदनशील मानिन्छ ।

पाकिस्तानमा निर्वाचित सरकारहरूमाथि समेत सैनिक संस्थाको बलियो पकड रहने गरेको छ । 

सन् १९४७ मा पाकिस्तानको जन्म भएदेखि स्वाधीनताको इतिहासमा सेनाले झन्डै आधा समय त्यहाँ प्रत्यक्ष शासन गरेको पाइएको छ ।

अमेरिकामा रहेका पाकिस्तानी पत्रकार अहमद नूरानीले बाज्वाले सेना प्रमुखको पद सम्हाले यता उनकी पत्नी र परिवारका अन्य सदस्यहरूले रियल स्टेट, तेल व्यवसायमा लागनी गर्नुका साथै विदेशमा पैसा जम्मा पारेको समाचार सार्वजनिक गरेका छन् । छ वर्ष लामो कार्यकालपछि आगामी २९ नाभेम्बरमा बाज्वाले अवकाश लिँदैछन् । ब्लूमबर्गबाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC