site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
ताप्लेजुङको फूलबारी मतदान केन्द्रमा तनाव, २ राउन्ड हवाई फायर
प्रतीकात्मक तस्बिर।

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फूलबारी मतदान केन्द्रमा मतदान स्थगन भएको छ । उमेदवार र गाउँपालिका अध्यक्षबीच मनमुटाव हुँदा वातावरण अशान्त बनेको हो । 

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस उमेदवार खगेनसिंह हाङगाम मतदान केन्द्रमा पुगेका बेला झडप भएको स्थानीयले बताएका छन् । 

Argakhachi Cement Island Ad

जिल्ला निर्वाचन कार्यालयका अधिकृत दिनेश खनालले बाह्रखरीलाई दिएको जानकारी अनुसार गठबन्धन र नेकपा (एमाले)का कार्यकर्ताबीच मनमुटाव भएर झडपको स्थिति सिर्जना भएपछि दुई राउन्ड हवाई फायर गरिएको छ । 

“स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ । तर, दुवै पक्ष मानिरहेको अवस्था छैन,” उनले भने ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्