site stats
बाह्रखरी :: Baahrakhari
कला
कुन पार्टीबाट सक्रिय राजनीतिको तयारीमा छन् निर्मल शर्मा ?

काठमाडौं । कलाकार निर्मल शर्माले सक्रिय राजनीतिमा आउने सम्भावना रहेको बताएका छन् । राजनीतिबाट चाहेर अलग रहन नसकिने उनको भनाइ छ । 

“राजनीतिबाट विमुख पनि रहन नसकिने रहेछ । सम्भवत अर्को निर्वाचनसम्म सक्रिय राजनीतिमा आउने सम्भावना छ,” निर्मल बाह्रखरीसँग भन्छन्, “यो पाँच वर्षको अवधी यसका लागि तयारी हुनेछ ।” 

कुन पार्टीबाट राजनीति गर्ने त्यो भने उनले स्पष्ट पारेनन् । “अहिले यो वा त्यो पार्टी भन्ने निर्णय गरिसकेको छैन,” उनले भने, “यो निर्वाचनमा नयाँ पार्टीको परिणाम कस्तो आउँछ त्यो पनि हेरौँ । त्यसपछि निर्णयमा पुग्नेछु ।”

निर्मल राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न उमेदवार तथा स्वतन्त्र उमेदवारलाई सहयोग गर्दै आएका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १२:३२