site stats
कला
युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘ब्रम्हास्त्र’ 

काठमाडौं । युट्युब ट्रेन्डिङको एक नम्बरमा हिन्दी सिनेमा ‘ब्रम्हास्त्र’ रहेको छ । केही दिनदेखि लगातार यो चलचित्र युट्युबको नेपाल च्याप्टरमा एक नम्बर ट्रेन्डिङमा रहेको छ ।  

‘ब्रम्हास्त्र’ भारतमा आक्रामक व्यापार गरेको सिनेमा हो । हल रिलिजको छोटो समयमै यो चलचित्र युट्युबमा पनि रिलिज गरिएको हो ।

NMB Bank
Agani Group

रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चनलगायत कलाकारको अभिनय रहेको चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको थियो । 

Global bank

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय