site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
होलिस्टिन-होलिस्टिन क्रसब्रिड जातको गाईबाट सबैभन्दा बढी दुध उत्पादन
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा होलिस्टिन-होलिस्टिन क्रसब्रिड जातको गाईबाट सबैभन्दा बढी दुध उत्पादन हुने गरेको एक तथ्यांकले देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको राष्ट्रिय तथ्यांक कार्यालयले गरेको व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ अनुसार यस्तो देखिएको  हो ।

यसमा चार जातका गाईबाट सर्वेक्षण गरिएको थियो । तीमध्ये स्थानीय जातका दुई हजार ९८, जर्सी-जर्सी क्रसब्रिड जातका ५ हजार ९५४, होलिस्टिन-होलिस्टिन क्रसब्रिड जातका ६ हजार ८०९ र अन्य उन्नत जातका ५१९ गाईमा सर्वेक्षण गरिएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चार जातका १५ हजार ३८० वटा दुध दिइरहेका गाईबाट औसत दुध दिने अवधि (बेत) समयमा चार करोड ५८ लाख तीन हजार ४५७ लिटर दुध उत्पादन भएको सर्वेक्षणले देखिएको छ । 

उक्त सर्वेक्षण अनुसार होलिस्टिन-होलिस्टिन क्रसब्रिड जातका गाईबाट सबैभन्दा बढी दुध उत्पादन हुने गरेको छ।

६ हजार ८०९ होलिस्टिन-होलिस्टिन क्रसब्रिड जातका गाईबाट एक बेतमा दुई करोड ५१ लाख १० हजार ४२२ लिटर दुध उत्पादन भएकाे थियाे । 

यस्तै, स्थानीय जातका दुई हजार ९८ गाईबाट औसत दुध दिने समयमा १८ लाख ७२२ लिटर दुध उत्पादन भएको तथ्यांकले देखाएको छ ।

यस्तै, जर्सी-जर्सी क्रसब्रिड जातको पाँच हजार ९५४ गाईबाट औसत समयमा १ करोड ७४ लाख ३१ हजार ५४५ लिटर दुध उत्पादन भएको देखिएको छ । ५१९ वटा अन्य उन्नत जातका गाईबाट १४ लाख ६० हजार ७६८ लिटर उत्पादन भएको हो ।

यस्तै, मुर्रा जातको भैँसीबाट सबैभन्दा धेरै दुध उत्पादन हुने गरेको उक्त तथांकले देखाएको छ । 

स्थानीय, मुर्रा, मुर्रा क्रस र अन्य उन्नत जातका भैँसीमा १० हजार ८४१ वटा भैँसीमा सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षण गरेको भैँसीबाट औसत दुध दिने समयावधिमा दुई कराेड ३२ लाख ३१ हजार ९१ लिटर दुध उत्पादन भएको थियो । जसमा मुर्रा जातका चार हजार ८३९ वटा भैँसीबाट एक करोड २२ लाख ३४ हजार दुई सय लिटर दुध उत्पादन भएको देखिएको छ ।

यस्तै, मुर्रा क्रस जातको दुई हजार ९७८ वटा भैँसीबाट औसत दुध दिने समयमा ६५ लाख ८४ हजार ४६२ लिटर दुध उत्पादन भएको छ ।

यस्तै, दुई हजार ६५८ वटा स्थानीय जातको भैँसीबाट औसत दुध दिने समयमा ३५ लाख ९२ हजार २३५ लिटर दुध उत्पादन भएको छ ।

अन्य उन्नत जातका ३६६ भैँसीबाट आठ लाख २० हजार १९३ लिटर दुध उत्पादन उक्त तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्