site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेरो प्रतिष्पर्धा एमालेसँगै हो, मलाई गठबन्धनले पनि स्वीकार गरेको देखिन्छ 

सामाजिक अभियानबाट उदाएका नेता हुन् मिलन पाण्डे । सिभिल ईञ्जिनियर पाण्डे प्राध्यापन क्षेत्रमा सक्रिय छन् । 
उनी ०७४ को निर्वाचनमा प्रतिनिधिसभाका लागि विवेकशील साझा पार्टीका तर्फबाट उमेदवार बने र ४ हजार ९४६ मतसहित तेस्रो बने ।

त्यसबेला उनको पार्टी वैकल्पिक राजनीतिको नारामा जनताको घरदैलोमा गएको थियो । 

तर, पाँचवर्ष पछि अवस्था फरक बनेको छ । उनी अहिले उक्त पार्टीमा छैनन् । उनी यहाँ स्वतन्त्र उमेदवार हुन् ।
पाइला चुनाव चिह्नमा उनी चुनाव लड्दैछन् । 

पाण्डेलाई बाह्रखरीले २५ जना जित्नुपर्ने उमेदवारको सूचीमा पनि राखेको छ ।

उनै पाण्डेसँग बाह्रखरीका रोमन आचार्य र जनक वलीले गरेको निर्वाचनकेन्द्रित संवादको सम्पादित अंश :

बाह्रखरीले तपाईंलाई २५ उमेदवारभित्र अनुमोदन गरेका छ , अनुमोदनबारे तपाइँको के विचार छ ?

बाह्रखरी विश्वसनीय मिडिया हो । राम्रा मिडिया र मानिसहरुले नै उमेदवारहरुलाई अनुमोदन गरेर मतदातालाई बाटो देखाइदिने यो कार्य निकै राम्रो लागेको छ । 

जसरी जनआन्दोलनमा मिडियाले मुख्य भूमिका खेलेको थियो, निर्वाचन पनि जनआन्दोलन भन्दा कम होइन त्यसैले मिडियाको यस्तो किसिमको सक्रियता निकै जरुरी छ । म धेरै खुसी र आभारी पनि छु । बाह्रखरीले मलाई क्रेडिवल उमेदवार सोचेर अनुमोदन गरेको हुँदा अझै केही साथीहरुलाई त्यस लिष्टमा राखेको भए लाग्नु स्वाभाविक हो ।

मतदाताको प्रतिक्रिया कस्तो छ ?
एकदम राम्रो रहेको छ । हामी घरदैलो कार्यक्रममा जान अगाडि फेसबुकमा जानकारी दिएका थियौँ र उँहाहरू सबै यहीँको स्थानीय हुनुहुन्छ । हामी अझै पनि आफ्नो मतदान चिह्न सँगसँगै आफ्नो योजना तथा एजेन्डालाई घर–घर चिर परिचित गराउँदै छौँ । 

हामीलाई बाह्रखरीले अनुमोदन गरेपछि सहज पनि भएको अनुभूति भएको छ । बुद्धिजीवीहरुले पनि साथ दिइरहनुभएको छ ।

मतदाताहरु वर्तमान राजनीतिबाट आजित हुनुहुन्छ ।

उहाँहरु नयाँ अनुहारलाई खोजीरहनु भएको छ । म यसअघि पनि यही घरदैलोमा भोट माग्न आएको हुँ, म एउटा युवा हुँ, स्थानीय पनि हुँ । लामो समयदेखि राजनीतिमा संघर्ष गरिरहेको छु । त्यस कारण यस क्षेत्रका मतदाताहरुको आशाको रुपमा देखिएको पनि छु । 

मतदाता सचेत भइसकेका छन् उमेदवार छान्नको लागि तर पनि अन्तिम समयमा चलखेल भएर जे पनि हुन सक्छ। 
यहि पनि मतमा बार्गेनिङ भइरहेको देखेको छु। ।

आफ्नो प्रतिष्पर्धी कसलाई ठान्नु भएको छ ? गठबन्धनको माझमा तपाईँले आफ्नो स्थान राख्न सक्नु हुन्छ त ?

यहाँका मतदाताले कृष्णगोपाल श्रेष्ठ र मलाई नै प्रतिष्पर्धी मान्नु भएको छ । त्यसमा जनबोलीको आवाजमा मिलन पाण्डे रहेको छ । 

मेरो आस्था र विचारहरुको माझमा काङ्ग्रेस र माओवादीको भन्दा मेरो विचारलाई मतदाताले स्वीकार गरेका छन् ।

म गठबन्धनको उमेदवारको भन्दा मेरो योग्यता र क्षमता बढी भएका कारण ती पार्टीनजिक रहेका मतदाताको मत पनि मलाई आउँछ भन्नेमा विश्वस्त छु ।

नयाँ अनुहार, भिजनका लागि पनि मिलन पाण्डेले जित्नैपर्छ ।

वैकल्पिक राजनीतिको लागि पार्टी निर्माण गर्नुभयो त्यही पार्टी छोड्नु भयो, यसमा तपाईँलाई कस्ता प्रश्न आइरहेका छन् ? 

म अझै पनि वैकल्पिक राजनीति गरिरहेको छ । अझै पनि उज्ज्वल थापासँग मिलेर ल्याएको विवेकशील अभियान छाडेको चाहिँ छैन । त्यसलाई नै अघि बढाउछौँ ।

पार्टी बनाउँदा जग बलियो नभएर हो कि टुक्रिन गयो तर चुनावपछि सबैलाई एकढिक्का बनाउनेछौँ ।

मतदाताले तपाईँलाई किन भोट दिने ? 

म योजना र भिजनका साथ आएको छु । युवा भएको कारणबाट मात्र भोट मागिरहेको छैन । स्पष्टताका साथ आएको छु । मेरा मुख्य एजेन्डा भनेको शिक्षा, स्वस्थ्य र रोजगारी हुन् । सांसदले नीतिगत तहबाट यी एजेन्डाहरु पूरा गर्ने प्रतिवद्दता लिएर आएको छु । 

शिक्षा स्वास्थका कुराहरु संसद् भवनमा पुगेर ठुला भनिएका नेताहरुसँग प्रश्न गर्नुपर्छ । रोजगारीको समस्या त्यस्तै छ । 

युवामा एउटा आशा जगाउन जरुरी छ । अहिलेसम्म माइतीघरबाट गरेका मुद्दाको समाधन अब नीतिगत तहमा पुगेर गर्ने छु । त्यसैले पनि यस क्षेत्रका मतदाताले मलाई जिताउन आवश्यक छ । 

 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro