site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म सधैं सेवामा रहेको हुनाले जनताले अन्याय गर्ने छैनन् 
Ghorahi CementGhorahi Cement

राजेन्द्र बजगाइँ गोरखा १ मा गठबन्धनका उमेदवार हुन् । 

गोरखाका दुई निर्वाचन क्षेत्रमध्ये एकमा बजगाइँको उमेदवारी रहेको छ भने अर्को क्षेत्रमा गठबन्धनकै पुष्पकमल दाहालले उमेदवारी दिएका छन् ।

गोरखाको विकासमा लामो समयदेखि योगदान रहेको बताउँदै बजगाइँले गठबन्धनका कारण पनि धेरै सहज भएको दाबी गर्छन् ।

Agni Group

उनै बजगाइँसँग बाह्रखरीले चुनावी अभियानका क्रममा गरेको कुराकानी :

निर्वाचनको दौडधुपमा हुनुहुन्छ ? कस्तो पाइरहनुभएको छ मतदाताको मनोविज्ञान ? 

Global Ime bank

नेपालको राजनितिक पार्टीहरुप्रति मतदाताका केही गुनासा छन् ।

त्यसलाई लामो इतिहास बोकेको नेपाली कांग्रेस पार्टीमा युवाहरुको उपस्थितिको बारेमा धेरै पहिलादेखि खड्किएको विषय थियो ।

अहिले मैले समग्र युवाहरुको प्रतिनिधित्व गरेको छु । मतदातामा देखिएका गुनासा सुन्ने, सकेसम्म तत्कालै सम्बोधन गर्ने र नभए पनि निर्वाचित भएपछि जनताका समस्या समाधान गर्न प्रयास गर्ने प्रतिवद्धता यो अभियानमा व्यक्त गरेको छु ।

स्वतन्त्रहरु फरक शैलीमा हिँडिरहेका छन् ? तपाईँको पार्टीमा त्यस्ता मागहरु सम्बोधन होलान त ? 

स्वतन्त्र भनेकै नयाँ चिजहरु भएन वा राजनीति गतिशिल भएन सेवाका लागि उठेन भन्ने हो । 

त्यसैले स्वतन्त्र उमेदवारहरुको प्रतिनिधित्व पार्टीकै उमेदवारहरुले गरे भने वा स्वतन्त्रका साथीहरुमा मुद्दाहरु यहीँ आए भने त पार्टीलाई सहयोग पुग्ने भयो । 

त्यसैले स्वतन्त्रको धारणा पनि मैले सम्बोधन गरेको छु जस्तो लाग्छ । 

तपाईँ व्यावसायिक पृष्ठभूमिको हुनुहुन्छ ? तपाईँको निर्वाचन क्षेत्र गोरखा १ का जनताहरुले तपाईँलाई विश्वास गर्छन् त ? कस्तो पाउनुभएको छ माहोल ?

पछिल्लो समय मेरो खुलेको र लुकेको परिचयमा फरक छ । मचाहिँ आम जनतासँग जोडिएको मान्छे हुँ । 

मेरो रोजीरोटी व्यावसायीक क्षेत्रमा काम गरे वा त्यस विधामा पनि ज्ञान हासिल गरे र व्यावसायिक परिचय खुल्यो  । तर मेरो पहिलो बिजनेश नै राजनीति हो । अर्थात् मैले सेवाको व्यापार गरेको छु ।

पछि मैले आफू बाँच्नलाई गरेको कामबाट सानोसानो उद्यमी भएकै हो । तर मैले राजनीति नै राम्रो गरिन भने अरु कुनै पनि ठाउँमा करेक्ट हुँदैन भन्ने हो ।

म सधैंभर व्यापार गरेर अहिले राजनीतिमा आएको होइन । २०४६ सालदेखिको इतिहास हेरौँ म त्यसबेलादेखि लगातार सक्रिय व्यक्ति हुँ । त्यो आधारमा मलाई जनताको साथ र सहयोग रहनेछ भन्ने लाग्छ ।

तपाईँले जितेपछि गोर्खाली जनताका लागि के गर्नुुहुन्छ ? 

कुनै कार्यकारिणी पदमा नपुगेसम्म काम गर्न सकिँदैन भन्ने एउटा धारणा छ । मैले जितेपछि गर्ने काम एउटा सेवाग्राहीले गर्ने काम भन्दा पृथक हुन सक्छ । गोरखामा सबैको पक्षमा हुन चाहन्छु । पार्टी विशेष हुँदैन । मुलतः माओवादी कांग्रेसकै हुने हो । 

यहाँ गर्न सकिने धेरै कामहरु छन् । 

बसाइँसराइको ठूलो समस्या छ । भूगोलको हिसाबले पनि यहाँ धेरै गर्न सकिने अवस्था छ । तिब्बतसम्म जोडिएको भूगोल छ । ठाउँठाउँमा सुख्दा पहिरो छन् । ती रोक्न पहल गर्नुपर्नेछ । सबैभन्दा ठूलो सामरिक नाका लार्केबाट

ठोरीसम्म जाँदा तराइमा रहेको असन्तुष्टिलाई चितवन बेनीघाट त्रिदेशीय योजनाका रुपमा विकास गर्न सकिन्छ । अर्को राष्ट्रिय गौरबको बूढीगण्डकी छ ।

यसको प्रक्रिया पनि तुरुन्तै उठाउन सकिनेछ । 

तुरुन्तै जनप्रतिनिधिले उठाउन सक्ने कुरा भयो र कार्यकारिणी पदमै नपुगे पनि कार्यकारिणी पदमा पुगेकाहरुलाई राष्ट्रिय गौरबको कुराहरु उठाउनु हुनेछ भन्ने आशा छ । 

गोर्खाली रबर उद्योग पनि पुनः स्थापना गर्न सकिन्छ ।  पालुङटार विमानस्थललाई पाइलट ट्रेनिङ सेन्टरको रुपमा विकास गर्नुपर्नेछ ।

गठबन्धनबाट तपाईँलाई कति आशा छ ? अरु दलहरुको कत्तिको सहयोग पाउनुभएको छ तपाईँको निर्वाचन क्षेत्रमा ? 

गोरखाको परिप्रेक्षमा माओवादी र हामी पहिला प्रतिष्पर्धी दल हो । यहाँ हसिया हथौडा र रुखमा भोट हाल्ने कुरामा प्रतिष्ठा छ । 

हामी सँगसँगै हिँडि पनि सक्यौँ । अब यसलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्छ ।

अर्को निर्वाचन क्षेत्रमा प्रचण्डलाई त्यसैगरी कांग्रेसले सहयोग गर्न सक्ला र ? 

त्यो निर्वाचन क्षेत्रचाहिँ एकदमै प्रयोगशाला जस्तो भइसक्यो । त्यसले गर्दा त्यहाँका मतदाताहरु पनि यसमा अभ्यस्त भइसके ।

पहिले पनि आँखामा मतदान भइसकेको छ । नेपाली कांग्रेसका धेरै कार्यकर्ताले यसअघि चितवनमा पनि हँसिया हथौडामा मतदान गरिसकेका छन् । त्यसैले समस्या हुँदैन ।

शान्ति प्रक्रियामा हस्ताक्षकर्ता  गिरिजाप्रसाद कोइरालाले हसिया हथौडामा मत हालेको र कमरेड प्रचण्डले रुखमा भोट हालेको भन्ने धारणा पनि सबै मतदाताकहाँ पुगिसकेको छ । त्यसैले अप्ठेरो हुँदैन ।

आफ्नो विजय सुनिश्चित कत्तिको देख्नुभएको छ ? 

पहिला गठबन्धन दलभित्र इमान्दारिता भयो भने पराजित हुने कुरा नै हुँदैन । मैले सेवाको लागि राजनीति प्रवेश गरेको हुँ । मैले जितिसकेपछि जनताकै सेवामा खटिने हुनाले जनताले पक्कै पनि न्याय गर्नुहुनेछ भन्ने विश्वास छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC