site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
नेपाली मुलकी सराहाना श्रेष्ठले जितिन् अमेरिकी मध्यावधि चुनाव 
Ghorahi CementGhorahi Cement

न्युयोर्क । नेपाली मूलकी अमेरिकी तथा स्वास्थ्य तथा जलवायु अभियन्ता सराहाना श्रेष्ठले न्युयोर्क राज्यसभाको चुनावमा निर्वाचित भएकी छन् । अमेरिकाको मध्यावधि चुनावको नतिजा आउने क्रममा पहिले भविष्यवाणी गरिएजस्तो डेमोक्रेटको अवस्था नराम्रो छैन ।

आफ्नो जन्मथलो नेपालमा आमनिर्वाचन हुन १० दिन मात्र बाँकी रहँदा ४१ वर्षीया सराहनाले डेमोक्रेटिक पार्टीबाट चुनाव जितेकी हुन् ।  

श्रेष्ठ नेपालको राजधानी काठमाडौंका मुल वासिन्दा हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी तथा रियल स्टेटका टाइकुन प्याट्रिक सिहानलाई ३५ हजार ४९३ मत ल्याएर पराजित गरेकी हुन् । सिहानले २३ हजार १०४ मत ल्याएका छन् । श्रेष्ठले मंगलबार न्युयोर्क राज्य जिल्लासभाको १०३ औँ सिट जितेकी हुन् । 

Dabur nepal
Agni Group

उनी ज्ञानेन्द्र दास र सीमा श्रेष्ठका तीन सन्तानमध्ये पहिलो हुन् । उनी फोटोग्राफर परिवारमा हुर्केकी हुन् । श्रेष्ठ सन् २०१९ मा अमेरिकी नागरिक बनेकी थिइन् । उनी स्वच्छ, नवीकरणीय र किफायती बिजुली आपूर्तिको विकासमा केन्द्रित जलवायु–सम्बन्धित प्लेटफर्मको अभियन्ता हुन् । उनी मिड–हडसन भ्याली च्याप्टर अफ डेमोक्रेटिक सोसिलिस्ट अफ अमेरिका का लागि युल्स्टर काउन्टिका उपाध्यक्ष तथा नविकरणीय उर्जा तथा जलवायु कार्यमा केन्द्रित एक गठबन्धन संस्था पब्लिक पावर एनवाइका नेता हुन् । 

श्रेष्ठले भनेकी छन्, “युद्ध र वातावरणीय प्रकोपबाट प्रभावित विश्वमा के हुन्छ भन्नेबारे धेरै मानिसहरूको आवाज छैन । एक अमेरिकी नागरिकका हैसियतले हामीले धेरै गर्न सक्छौँ ।"

अमेरिका जानुअघि सन् १९९७ मा एसएलसी परीक्षा दिएर बसेको फुर्सतको समयमा श्रेष्ठले काठमान्डु युथ म्यागजिन 'जिङ !'को सम्पादन तथा प्रकाशन गरेकी थिइन् । त्यसपछि उनले तीन वर्षसम्म इमेज एफएम ९७.९ मा रेडियो कार्यक्रम प्रस्तोता र निर्माताको रूपमा काम गरेकी थिइन् । उनी आफैँ एक समर्पित फोटोग्राफर र भिडियोग्राफर पनि हुन् । 

सन् २००१ म अमेरिकाको न्युयोर्कस्थित एउटा कलेजमा उच्च शिक्षा हासिल गर्नु अघि ग्राफिक डिजाइन र वेबसाइट डेभलपको स्वज्ञान आर्जन गरेकी श्रेष्ठ पियानो र गिटार पनि राम्रो बजाउँछिन् । 

उनले नेपालमा युवाहरूमाझ प्रजातनत्र, बहुलवाद र स्वतन्त्र प्रेसबारे सचेतना फैलाउनका लागि 'समुदाय डट अर्ग' नामक वेबसाइट खोलेकी थिइन् । तर सन् २००५ मा राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि यो साइट माथि प्रतिबन्ध लगाइएको थियो । 

अमेरिकीकामा पनि उनले न्याय, वातावरण र निष्पक्षताको अभियान जारी नै राखेकी थिइन् ।

नेपाली टाइम्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  २१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu