site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘उमेदवार र दलका विषयमा सञ्चार माध्यम अन्तरक्रियात्मक हुनुपर्छ’

काठमाडौं । प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूले निर्वाचनका समयमा सञ्चार माध्यम उमेदवार र दलका विषयमा अन्तरक्रियात्मक हुनुपर्ने सुझाव दिएका छन् । 

मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा विज्ञहरूले प्रेस काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षतालगायतमा अनुगमन गर्नुपर्ने बताए । 

छलफलमा बोल्दै महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र बिष्टले सञ्चार माध्यमले चुनावका सन्दर्भमा स्वतन्त्र बहस चलाउन सक्नुपर्ने बताए । निर्वाचनका समयमा दल र उमेदवारका विषयमा सामग्री सम्प्रेषणमै रोक लगाउन नहुने भन्दै बिष्टले स्वतन्त्र बहसबाट मतदातालाई स्पष्ट पार्नु मिडियाको दायित्व भएको उल्लेख गरे ।

महासङ्घका पूर्वसभापति बिष्णु निष्ठुरीले पत्रकार र सञ्चार माध्यम अराजक हुनसक्नेतर्फ सचेत रहँदै काउन्सिलले जिम्मेवार प्रेसका लागि निरन्तर भूमिका निर्वाह गर्नुपर्ने बताए । 

महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा सञ्चार माध्यमको आफ्नै निर्देशिका आवश्यक रहेको बताए । उनले निर्वाचन आयोगले बनाएको आचारसंहिता प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्नेगरी लागु भएको भन्दै सञ्चार माध्यममा निष्पक्ष बहस हुन रोक्न नहुने बताए । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले गर्ने अनुगमनका सन्दर्भमा सरोकारवालाको सुझाव महत्वपूर्ण भएको बताए ।

काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चार माध्यममा सन्तुलित सामग्री सम्प्रेषणका लागि सर्वप्रथम पत्रकारलाई नै सजग बनाउनुपर्नेमा जोड दिए । काउन्सिलले सञ्चार माध्यममा नियमित अनुगमनका साथै निर्वाचन लक्षित गरी वस्तुगत र विषयगत अनुगमन गरिररहेको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro