site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
१४ स्थानमा सत्ता गठबन्धनबीच नै प्रतिस्पर्धा, कहाँबाट को ?

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले तीन प्रतिनिधिसभा र ११ प्रदेशसभामा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार गठबन्धनमा आबद्ध दलहरूले जारी गरेको सूचीमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्रको बारेमा जानकारी गराइएको छ । 

गठबन्धनले सर्लाहीमा मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ । सर्लाही–१ 'क' मा नेकपा (माओवादी केन्द्र)का रामचन्द्रसिंह कुशवाह र लोसपाका उपेन्द्र महतोबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाइएको छ । सर्लाही–१ बाट प्रतिनिधिसभामा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी साझा उमेदवार छन् । 

सर्लाही–२ बाट प्रतिनिधिसभामा पनि मित्रवत प्रतिपष्पर्धा हुने भएको छ । यहाँ माओवादी केन्द्रबाट महेन्द्रराय यादव र लोसपाका राजेन्द्र महतोले मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन् । 

Dabur Nepal

धनुषा २ मा पनि गठबन्धनबीच मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । त्यहाँ कांग्रेसबाट रामकृष्ण यादव र नेकपा एसबाट रामचन्द्र झा चुनावी प्रतिस्पर्धामा छन् ।

गठबन्धनमा आबद्ध दलले जारी गरेको सूचीअनुसार बारा–१ को 'ख' मा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसबाट नागेन्द्रप्रसाद कानु र एकीकृत समाजवादीबाट बतहु यादव चुनावी मैदानमा छन् ।

यस्तै, पर्सा–३ 'ख' मा पनि मित्रवत प्रतिस्पर्धा हुने गठबनधनले जानकारी दिएको छ । यहाँ कांग्रेसका जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी उमेदावार छन् । प्रतिनिधिसभामा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी उमेदवार छन् ।

काठमाडौं–३ 'ख' मा कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुँयाल उमेदवार छन् । उनीहरूबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभामा भने कांग्रेसका सन्तोष चालिसे साझा उमेदवार छन् ।

यस्तै काठमाडौं–५ को 'ख' मा श्यामबहादुर खड्का नेपाली कांग्रेस र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठले मित्रवत प्रतिस्पर्धा गर्नेछन् । प्रतिनिधिसभामा भने कांग्रेसका प्रदीप पौडेल गठबन्धनबाट साझा उमेदवार बनेका छन् ।

काठमाडौं–६ 'ख' मा नेपाली कांसका विष्णुभक्त तिमिल्सिना र माओवादी केन्द्रका प्रकाश फूूयालबीच मित्रवत प्रतिस्पर्धा हुने पक्का भएको छ । प्रतिनिधिसभामा कांग्रेसका भीमसेनदास प्रधान गठबन्धनबाट साझा उमेदवार छन् । 

काठमाडौं–१० मा प्रतिनिधिसभा र एक प्रदेशसभामा मित्रवत प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी उमेदवार छन् । उनको प्रतिस्पर्धामा उत्रिएकी अञ्जना विशुंखेलाई माओवादीले उमेदवार बनाएको छ । काठमाडौं १० कै प्रदेश निर्वाचन क्षेत्र 'क'मा भने नेपाली कांग्रेसल पुकार महर्जन र माओवादी केन्द्रबाट दिलिप महर्जनबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । 

गठबन्धनको अन्तिम सूची अनुसार बाँके–२ को 'क' मा कांग्रेसका राजकुमार बर्मा र एकीकृत समाजवादीका समसुद्दिन सिद्दिकी उमेदवार छन् । उनीहरूबीच मित्रवत प्रतिपर्धा हुने भनिएको छ । यस्तै, २ कै 'ख' मा कांग्रेसका सुरेन्द्र हमाल उमेदवार छन् भने माअ‍ोवादी केन्द्रका अक्कलबहादुर बम उमेदवार छन् । उनीहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ ।

यता, कञ्चनपुर–२ को 'ख' मा नेपाली कांग्रेसका बहादुरसिंह थापा र एकीकृत समाजवादीका लालबहादुर खड्का उमेदवार छन् । गठबन्धनले उनीहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने जानकारी दिएको छ । प्रतिनिनिधिसभामा कांग्रेसका एनपी साउदलाई साझा उमेदवार तय गरेको छ ।

कञ्चनपुर–३ 'क'मा एकीकृत समाजवादीका प्रकाश रावल र माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्ट उमेदवार छन् । उनीहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ । कञ्चनपुर–३ बाट प्रतिनिधिसभामा भने नेपाली कांग्रेसका रमेश लेखक उमेदवार छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro