अमेरिका । नेपाल समुदायले मनाउँदै आएको कुकुर तिहारका सन्दर्भमा टेक्सस युलेसमा पनि कुकुर पुजा गरिएको छ । उक्त अवसरमा एनिमल सेल्टर युलेसमा रहेका कुकुरलाई पुजा गरिएको थियो ।
कार्यक्रममा युलेस सिटी मेयर लिण्डा मार्टिन, सिटी मेनेजर लोरेटा, सिटी डेपुटी मेनेजर क्रिस, पब्लिक वोर्क अफिसर जो, युलेस सिटी काउन्सिल मेम्बर टीका लगायत पदाधिकारी र एनआरएनए अमेरिकाज क्षेत्रका आरसि राम पोखरेल, नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकास राज न्यौपानेलगायत नेपालीको सहभागिता थियो । उक्त पुजाको उद्घाटन युलेस सिटी मेयर लिण्डा मार्टिनले कुकुरलाई नेपाली परम्परा अनुसार टिका माला लगाएका थिए ।
युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेलले एनिमल सेल्टर युलेसलाई ६ सय एक अमेरिकी डलर सहयोग पनि हस्तान्तरण गरेका थिए । युलेस सिटी नेपालीको ठुलो जनसंख्या रहेको स्थान हो । डीएफडब्लू अन्तर्राष्ट्रिय विमानस्थलसँगै रहेको युलेस सिटीमा करिब दश हजार नेपालीको बसोवास रहेको अनुमान छ ।