site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सप्तरी २ मा त्रिकोणात्मक प्रतिस्पर्धा, सहज छैन उपेन्द्रलाई 
Ghorahi CementGhorahi Cement

सप्तरी । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर–२ मा त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ । यहाँबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले उमेदवारी दिएका छन् ।

दुई पार्टीका राष्ट्रिय अध्यक्षले यो क्षेत्रबाट उमेदवारी दिएपछि सबैको चासो बढेको छ । यादव ०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए । राउतले पहिलोपल्ट निर्वाचनमा भाग लिएका हुन् ।

जसपा अध्यक्ष यादव गएका पाँच वर्षको विकासलाई मुख्य आधार बनाएर मतदातामाझ उत्रिएका छन् । राउतले किसान आन्दोलनको मुद्दालाई अगाडि सारेका छन् । सत्ता गठबन्धनका साझा उमेदवार ठाकुर पनि बलियो उमेदवार हुन् ।

Agni Group

उपेन्द्र असुरक्षित

गएको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्दा उपेन्द्रलाई जित्न कठिन हुने देखिन्छ । यादव नेकपा (एमाले)–जसपा गठबन्धनका साझा उमेदवार हुन् । त्यति बेला वडाध्यक्षहरूले पाएको मतका आधारमा सप्तरी–२ मा सत्ता गठबन्धन १२ हजार बढी मतले अगाडि देखिन्छ ।

Global Ime bank

गएको स्थानीय निर्वाचनमा यहाँ कांग्रेसका वडाध्यक्षका उमेदवारहरूले १० हजार ८०७ मत, लोसपाका वडाध्यक्षका उमेदवारहरूले १० हजार ४३५, नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उमेदवारहरूले नौ हजार ५३४ र नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षका उमेदवारहरूले दुई हजार ४०८ मत पाएका थिए । सत्ता गठबन्धनका वडाध्यक्षका उमेदवारहरूका मत जोड्दा ३३ हजार १८४ हुन आउँछ ।

सोही स्थानीय तह निर्वाचनमा जसपाका वडाध्यक्षका उमेदवारहरूले प्राप्त गरेको मत १४ हजार ४०३ मत छ । एमालेका वडाध्यक्षका उमेदवारहरूले  पाँच हजार ९५१ मत पाएका थिए । यी दुई दलका मत जोड्दा २० हजार ३५४ हुन आउँछ । यस आधारमा जसपा–एमालेभन्दा सत्ता गठबन्धन १२ हजारभन्दा बढी मतले अगाडि छ । यसआधारमा यादवलाई निर्वाचन जित्न कठिन देखिन्छ ।

अर्कोतर्फ, एमालेसँग चुनावी तालमेल गरेकाले जसपाकै कतिपय कार्यकर्ता यादवप्रति असन्तुष्ट छन् ।

०७४ को नतिजा

०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपेन्द्र यादव तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसको समर्थनमा सप्तरी–२ बाट उमेदवार बनेका थिए । उनी २१ हजार ६२० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याएका थिए । राजपाबाट विद्रोह गरी स्वतन्त्र उमेदवारी दिएका जयप्रकाश ठाकुरले नौ हजार ४५८ मत पाएका थिए ।

अहिले उनै ठाकुर सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका छन् । उमेश सप्तरी–२ ‘ख’बाट प्रदेशसभातर्फ सत्ता गठबन्धनका साझा उमेदवार बनेका छन् ।

राउतको एजेन्डा

जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि सप्तरी–२ बाट उमेदवारी दिएका कारण उपेन्द्र, राउत र जयप्रकाश ठाकुरबीच यहाँ त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिन्छ ।

यसै निर्वाचन क्षेत्रको महादेवा गाउँपालिका–२ घर भएका राउत पहिलोपटक आम निर्वाचनमा प्रतिस्पर्धामा छन् । जनमत पार्टीले पछिल्लोपटक गरेको किसान आन्दोलनलाई मुख्य एजेन्डा बनाएर उनी मैदानमा उत्रिएका छन् ।

सप्तरी–२ बाट ०५६ सालयता कसैले पनि दुईपटक चुनाव जितेको इतिहास छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC