राजनीति

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले १५२ सिट बाँडफाँट गरेका छन् ।
गठबन्धन स्रोतबाट प्राप्त सूचीअनुसार १५२ सिट बाँडफाँट भएको छ भने १३ सिट खाली राखिएको छ ।
यसअघि जनता समाजवादी पार्टीलाई सो क्षेत्र छुट्टयाएको भए पनि एमालेसँगको तालमेलको तयारीमा रहेको हुँदा उक्त क्षेत्र खाली राखिएको छ ।
प्रतिनिधिसभामा १६५ निर्वाचन क्षेत्र रहेको छ । दलहरुले प्रदेशसभातर्फ पनि सिटको बाँटफाँट गरेका छन् ।
जसपालाई छुट्टयाएका केही सिटमा लोसपासँग तालमेल गर्ने तयारी सत्ता गठबन्धनको रहेको छ । लोसपासँग बिहान ८ बजेदेखि फेरि वार्ता हुने तयारी छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९ २१:५८
प्रतिक्रिया दिनुहोस्